
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कोरोना रिपोर्ट नेगेटिभ आउको छ । शुक्रबार बिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको हो ।
बालुवाटारबाट बिहान प्रधानमन्त्री सहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।
सबै नेताहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
Loading...