कोरोना पिसिआर परीक्षण गर्दा गृहमन्त्री रामबहादुर थापाको रिपोर्ट नेगेटिभ

साउन २४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकार टिमको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

१४ साउनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी थिए ।

कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवसँग क्लोज कन्ट्याक्ट भएकाले थापाको बिहीबार स्वाब लिएर परीक्षण गरिएको थियो ।

राससका अनुसार त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

परीक्षणमा गृहमन्त्री थापा, उनका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टाराईले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीसहित उक्त कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..