विश्वभर झण्डै दुई करोडमा कोरोना संक्रमण, भारतमा एकै दिन ६५ हजार भन्दा धेरै थपिए

विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९७ लाख ९४ हजार जनामा संक्रमण देखिएको हो।

हालसम्म ७ लाख २८ हजार ७ सय ८८ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख १२ हजार भन्दा धेरै मानिस निको भइसकेका छन्। यस्तै एकैदिन २ लाख ५३ हजार संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै भारतका रहेका छन्। भारतमा ६५ हजार १ सय ५६ जना थपिएका हुन्।

त्यस्तै अमेरिकामा ५३ हजार ४ सय थपिएका अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलमा ४६ हजार ३ सयमा कोरोना संक्रमण पुष्टि भएको छ। दक्षिण अफ्रिकामा ७ हजार ७ सय, मेक्सिकोमा ६ हजार ७ सय, कोलम्बियामा ९ हजार ६ सय र रुसमा ५ हजार २ सय संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण विश्वभर पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकाका रहेका छन्। त्यहाँ झन्डै एक हजार जनाको मृत्यु भएको छ। भारतमा ८ सय ७५, ब्राजिलमा ८ सय ४१, र मेक्सिकोमा ७ सय ९४ जनाको मृत्यु भएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..