
काठमाडौँ । कोरोना संक्रमणविरुद्ध थप अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ ।
कोभिड–१९ सँग सम्बन्धित एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी निर्णय लिन बिहान १० बजेदेखि बैठक बस्न लागेको हो ।
बैठकलगत्तै गैरसरकारी संस्था र उद्योगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको काठमाडौंका प्र.जि.अ जनकराज दाहालले बताए ।
Loading...