कास्की पोखरामा कोरोनाबाट एक व्यक्तिको मृत्यु

कास्की पोखरामा कोरोनाबाट एक व्यक्तिको मृत्यु 1

कास्की पोखरामा कोरोनाबाट एक व्यक्तिको मृत्यु 2
कास्की — कास्की स्थिति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक व्यक्तिको कोरोना संक्रमितबाट मृत्यु भएको छ । पोखरा–१९ महानगरपालिका ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

अस्पतालमा आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा राति ११ः३५ मा उनको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए । यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एकरएक जनाको मृत्यु भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..