गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको पुरुषको शव

गोंगबुमा सुटकेसभित्र भेटियो टाउको काटिएको पुरुषको शव 1

साउन २५, काठमाडौँ । काठमाडौं गोंगुबुमा टाउको काटिएको अवस्थामा एउटा सुटेकसभित्र शव भेटिएको छ । ‘गोंगबु गणेस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव भेटिएको हो । टाउको भने केही पर झोलामा भेटिएको छ,’ काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जानकारी दिएका छन् ।

प्रवक्ता केसीका अनुसार बिहान ६स्४५ बजे स्थानीयबासीले प्रहरीलाई यसको जानकारी दिएका थिए । उक्त शव पुरुषको भए पनि सनाखत भने भइनसकेको उनले बताए । घटनामा कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको उनले बताए । काठमाडौैं महानगरी प्रहरी परिसर प्रमुख, अपराधअनुसन्धान प्रहरी लगायत उच्च अधिकारीहरु घटनास्थल पुगेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..