चाणक्य नीतिः थाहा पाइराख्नुस्, यी ६ प्राणीलाई निद्राबाट नब्युँझाएकै राम्रो

निद्रा विश्रामको एउटा रुप हो । यसको अवधि पूर्ण भएपछि हामी स्वयमलाई ताजा र तन्दरुस्त महशुस गर्दछौ । जीवनका लागि नयाँ ऊर्जा प्राप्त गर्दछौ । आचार्य चाणक्यले पनि निद्रालाई आवश्यक ठानेका छन् । तर, उनले केही विशेष परिस्थितिहरुका लागि यस्ता नियम पनि बनाएका छन् । उनले जब कुनै प्राणी निद्राको काखमा हुन्छ तब उसलाई नब्युँझाउन भनेका छन् ।

सर्प

चाणक्य भन्छन्–यदि सर्प निद्रामा छ भने त्यसलाई ब्युँझाउने भूल गर्नु हुँदैन । जिज्ञासा अथवा जिदका कारण जसले यस्तो भुल गर्दछ, उ स्वयमका लागि संकटलाई आमत्रण गर्दछ । अतः त्यही मानिस समझदार ठहरिन्छ, जसले सुतेको सर्प ब्युँझाउँदैन ।

राजा

प्राचीन समयमा सबैतिर राजाको शासन हुने गर्दथ्यो । हरेक राजासँग असीम अधिकार हुन्थ्यो । राजा रुष्ट भएको खण्डमा जोसुकैलाई मृत्युदण्डसमेत दिन सक्दथ्यो । त्यसैले चाणक्यले भनेका छन् –राजाको निद्रामा बाधा पार्नु हुँदैन । राजालाई निद्राबाट ब्युँझाउने स्वयम संकटमा फस्ने गर्दछ ।

सिंह

सिंह अर्थात अर्को शब्दमा भन्दा जंगजको राजा । जसरी राजालाई निद्राबाट ब्युँझाउन निषेध छ, त्यसरी नै जंगलको राजा सिंहलाई पनि ब्युझाउनु खतरनाक हुन सक्दछ । जसले सुतेको सिंहलाई ब्युझाउछ कुनै आश्चर्य नमाने हुन्छ कि उसले आफ्नो प्राण खतरामा पारेको छ । अतः सिंहदेखि टाढै रहनु जीवनका लागि कल्याण हुन्छ ।

विषालु किरा

जुन किरा विषालु छ, जसले डस्छ त्यसलाई पनि जगाउनु हुन्न । किनभने त्यसलाई ब्युँझाउँदा त्यसले डस्न वा टोक्न सक्छ । त्यसबाट रोग एवं पीडा प्राप्त हुन्छ ।

शिशु

चाणक्यले निदाएका शिशुलाई पनि जगाउन निषेध गरेका छन् । सामान्यतः जब बच्चालाई अधुरो निद्राबाट जगाइन्छ उ रुन लाग्दछ । त्यसैले शिशुलाई आफ्नो निद्रा पुग्ने गरी सुत्न दिनु नै उत्तम मानिएको छ। निद्रा पूरा भएर ब्युँझेको शिशु स्वस्थ पनि हुन्छ ।

मुर्ख

जुन व्यक्ति अत्यन्त हठी छ । जसले मुर्खतापूर्ण व्यवहार गर्दछ । त्यस्तालाई पनि नजगाएकै राम्रो । यदि कुनै लाभका लागि त्यस्ता व्यक्तिलाई जगाउने प्रयास गरे उ ब्युँझेर विवाद गर्न थाल्छ । अतः मुर्खलाई नजगाउनु नै उत्तम मानिन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..