सबै जना ‘हैरान नै हैरान

कान्छा निर्देशक सौगात बिष्टको फिल्म हैरानको शिर्ष गीत रिलिज भएको छ । गीतमा फिल्मका सबै जसो कलाकार अटेका छन । सत्य(स्वरूपको सब्द,स्वर र संगीत रहेको गीतमा उनिहरुलाइ साथ दिदै बबिता मानन्धर ,गिरिस खतिवडा ,सरगम आचार्यको स्वर रहेको छ । गीतको एरेन्ज राजन इसानले गरेका हुन ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, बुद्धि तामाङ, सागर लम्साल ९बले०, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका कलाकारहरुको अभिनय रहेको यस फिल्मकी कार्यकारी निर्मात्री सम्झना पोखरेल हुन् ।

जेठ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको उक्त फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ । ‘हैरान’ मा नवराज उप्रेती र निरज कडेलको छायांकन छ भने प्रितम पाण्डेको सम्पादन रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..