विष्णुप्रसाद पाण्डेयको मुलुकी अपराध संहिता एक टिप्पणी पुस्तक विमोचन

विष्णुप्रसाद पाण्डेयको मुलुकी अपराध संहिता एक टिप्पणी पुस्तक विमोचन 1

 

काठमाडौं । मुलुकी फौजदारी संहितालाई सरलीकृत गर्दै यसको अभ्यासको विश्लेषण सहितको मुलुकी अपराध संहिता एक टिप्पणी पुस्तक विमोचन भएको छ ।  लेखक विष्णुप्रसाद पाण्डेयद्वारा लिखित पुस्तक मुलुकी अपराध संहिता एक टिप्पणी सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

पुस्तकमा फौजदारी कसूर सम्बन्धी परम्परागत कानूनलाई आवश्यक परिमार्जन र संशोधनसहित विश्वव्यापी रूपमा देखापरेका नयाँ प्रकृतिका कसूरलाई आपराधिकीकरण गरी संहिताबद्ध कानुनको रुपमा जारी मुलुकी अपराध संहिताको टिप्पणीसहित उल्लेख  गरिएको छ । उक्त पुस्ककको सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले विमोचन गरे ।

विमोचन कार्यक्रममा बोल्दै मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशले पनि राष्ट्रको कानूनमा समायानुकूल परिवर्तनको अपरिहार्यता ल्याउने बताए ।

उनले प्रस्तुत पुस्तक मुलुकी अपराध संहिता एक टिप्पणी केही वर्षअघि मात्र जारी भई लागू भएको मुलुकी फौजदारी संहिता लगायतका कानूनमा भएका प्रबन्ध समेटेर टिप्पणी भएकाले सान्दर्भिक रहेको बताए ।

विमोचित पुस्तकमाथि टिप्पणी गर्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले फौजदारी संहिताको सैद्धान्तिक विषय, संहिताको व्यवस्था, संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतले गरेको व्याख्यासम्म उल्लेख भएकाले कानून बुझ्न चाहनेका लागि उपयोगी पुस्तक रहेको बताए । उनले पुस्तक कानूनी भाषालाई सरलीकृत गरी टिप्पणी गरिएकाले सर्वसाधारणलाई समेत कानून बुझ्न सहज हुने बताए ।

टिप्पणी गर्दै अधिवक्ता डा.दीनमणि पोखरेलले मुलुकी फौजदारी संहिताको अवधारणा, व्यवस्था र व्याख्या सहितको पुस्तक प्रकाशन भएकाले कानून व्यवसायीका लागि अत्यन्तै उपयोगी रहेको बताए । उनले फौजदारी कानूनमा अन्तर्राष्ट्रिय अभ्यास समेत उल्लेख भएकाले पुस्तकले फौजदारी कानूनको समग्र पक्षलाई बुझाउन सक्ने विश्वास व्यक्त गरे ।

यो कितावमा अन्तराष्ट्रिय मुलुकी फैजदारी संहिता, मुलिकी अपराध संहिता, नेपालका फैजदारी संहिता तथा सर्वोच अदालतमा भएका विभिन्न कानुन र फैसलाका नजिरहरु यही कितावमा पढ्न पाइने लेखक पाण्डेले बताए ।

लेखक पाण्डेद्वारा प्रकाशित पुस्तक अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न महासन्धिहरूको पक्ष बनी नेपालको लागि सिर्जना भएको कार्यान्वयनको दायित्व, सर्वोच्च न्यायालयले विगतका घटना, मुद्धाका आधारमा दिएको भविष्यपरक दृष्टिकोण तथा समाजको विकाससँगै देखा परेका नयाँ घटना तथा गतिविधिलाई अपराधको रूपमा परिभाषित गरी सजायको प्रबन्ध गर्न वाञ्छनीय भएको सन्दर्भमा मुलुकी फौजदारी संहिता जारी भएको विषय र फौजदारी संहिताको व्यवस्थाको प्रत्येक दफामा टिप्पणी गरिएको छ । लेखक पाण्डेय सर्वोच्च अदालतका उपरजिस्ट्रार हुन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..