गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा एक महिला पक्राउ

गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा एक महिला पक्राउ 1

 

काठमाडौं । आइतबार बिहान काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

बोहराको हत्या गरी भाग्दै चितवन पुगेका ती महिलालाई पक्राउ गरी प्रहरीले काठमाडौं ल्याउँदै गरेको प्रहरी स्रोतले बताएको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना मुडभरीलाई पक्राउ गरेको हो ।

टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र गोडा फेला परेको थियो ।

बोहराको शरीरको मुख्य भाग सुटकेश राख्दै खुट्टा र टाउको झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

 

 

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..