गृह मन्त्रालयद्वारा साउन २९ गतेदेखि सवारी पास बन्द गर्ने निर्णय

काठमाडौं । काठमाडौं प्रमुख जिल्ला अधिकारी मार्फत बाँड्दै आएको सवारी पास सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै भोली २९ गतेदेखि लागू हुने गरी बन्द गरेको जनाएको छ ।

गृह मन्त्रालयद्वारा सबै जिल्लाका जिल्ला प्रमुख अधिकारी तथा प्रहरी प्रधान कार्यलयलाई निर्देशनमा भनिएको छ, कोभिड १९ को कारण नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय तथा मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म त्यहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्म २०७७।०४।२९ गतेदेखि लागू हुने गरी वितरण नगर्नु नगराउनु निर्देशन दिएको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..