जातीय विभेद विरुद्ध स्वरुप क्षत्रीको मन छुने गीत रिलिज(भिडियो सहित)

काठमाडौ ।२१ औ सताब्दिको अन्त्य तिरै आइपुग्दा सम्म पनि जातिय विभेदको अन्त्य हुन सकेको छैन । सानो जात भनिएका हरुलाइ ठुला जात भनौदाले हेपिरहेका छन । यो विभेद विरुद्द विभिन्न तवरबाट आवाज उठिरहेको छ । यसरी आवाज उठिरहदा यसै विषयलाइ लिएर गीत संगीत बनिरहेका छ । त्यस्तै अर्को एक मन छुने गीत सार्वजनिक भएको छ ।

स्वरुप क्षत्रीको शब्द संगीत रहेको ‘सायदै’बोलको गीतमा सि.डि विजय अधिकारिले आफ्नो सुमधुर स्वर भरेका छन । गीतलाइ दिपक लामाले एरेन्ज गरेका छन । स्वरुप क्षत्री ,आदित्य ठकुरी, सपना सिवाकोटी,कन्या मगर ,सन्देश थापा, किरण बानियाले अभिनय गरेको गीतको भिडियो मन छुने छ । स्वरुप क्षत्रीले कथा, सम्बाद र निर्देशन गरेक्क भिडियोलाइ सन्देश थापाले खिचेका हुन ।

भिडियोलाइ महेन्द्र पराजुलिको सम्पादन रहेको छ । यश गीतले कभर सङ कम्पिटिसन पनि राखेको छ । कम्पिटिसनमा भाग लिने अन्तिम मिति जेठ १५ सम्म रहेको छ अर्थात इच्छुकले आफ्नो गीत जेठ १५ सम्ममा स्वरुप क्षत्री क्रीयसनको अफिसियल जिमेल swaroopchhetricreation2075@gmail.com मा पठाउनु पर्ने छ । विजेताले आकर्षक गिफ्ट र एक गीत फ्रीमा रेकर्डिङ गराउन पाउने छ । प्रतियोगिले पठाएको गीतलाइ युटुबमा राखिने छ र युटुबको भ्यु र जज को मत बाट विजेता घोषणा गरिने छ । लिरिकल ट्र्याक भोलि बैशाक २ गते ओएसार डिजिटल बाट रिलिज हुने जानकारी छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..