सेलाएपछि फेरि तताएर नखानुहोस् यी खानेकुरा,बिष सरह बन्छ !

एजेन्सी – व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेलाएपछि तताएर खाएमा स्वास्थ्यलाई हानि गर्छ ? त्यसो भए, जान्नुहोस्, कुन–कुन खाना फेरि तताएर खान मिल्दैन ।

खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बँचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ । कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउसो र बेलुकी सम्म पनि खाने र त्यसो गर्दा पटक पटक तताउने गरिन्छ । तर विज्ञहरुका अनुसार पटक पटक खाना तताएर खानु हानिकारक हुन्छ ।

विज्ञहरुका अनुसार धेरैपटक खानेकुरा तताउँदा पटक पटकको रासायनिक प्रतिक्रियाका कारण हानिकारक तथा विषाक्त पदार्थ समेत सिर्जना हुने र अर्थात् फुड प्वाइजनिङको खतरा पनि हुन्छ । यी खानेकुराहरु पकाइसकेपछि धेरैपटक तताउनु हानिकारक हुन्छः

पालुंगोको साग- पालुंगो लगायतका सागपातमा नाइट्रेट रसायन हुन्छ, जुन पटक पटक तताउँदा विषाक्त पदार्थमा परिणत हुन्छ ।

अण्डा- उच्च तापक्रममा पटक पटक अण्डा तताउँदा अण्डामा भएको प्रोटिनको रासायनिक परिवर्तन भई विषाक्त पदार्थको निर्माण हुने जोखिम हुन्छ । त्यसकारण एकपटक उमालिसकेको वा अम्लेट बनाइसकेको अण्डालाई फेरि फेरि नतताउनुहोस् ।

च्याउ- च्याउको तरकारी सधै ताजा मात्र सेवन गर्नुहोस् । बासी वा पकाएको लामो समय भएर पुनः तताएको च्याउ नखानुहोस् । च्याउ निकै संवेदनशील तरकारी हो । च्याउलाई पटक पटक तताउँदा यसमा भएको उच्च मात्राको प्रोटिन हानिकारक पदार्थमा बदलिन सक्छ ।

कुखुराको मासु- मानिसहरु कुखुराको मासुलाई फ्राइ गरेर राख्ने र तताउँदै खाँदै गर्न रुचाउँछन् । तर यसो गर्नु हानिकारक हुनसक्छ । किनकी कुखुराको मासुमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भैसकेपछि फेरि तताउँदा विषाक्त पदार्थमा बदलिन सक्छ ।

आलु-आलु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यदि पकाएको आलुको परिकारलाई लामो समयसम्म फ्रिजमा राखेर फेरि तताएर नखानुहोस् । यसो गर्दा आलुमा हानिकारक रासायनिक प्रतिक्रिया भई आलुमा भएको तत्व विषाक्त पदार्थमा परिणत हुने जोखिम रहन्छ ।

चामल(भात) – काँचो चामलमा किटाणु हुन्छन् र पाकेपछि ति सबै मरेर जान्छन् । तर, पाकेको चामल सेलाएपछि फेरि बढ्न थाल्छन् र फेरि तताएपनि मर्दैनन् । त्यसैले, भात पाकेपछि ताजै खानेगर्नुहोस् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..