सिन्धुपाल्चोकमा आजबाट एक साताका लागि लकडाउन

सिन्धुपाल्चोकमा आजबाट एक साताका लागि लकडाउन 1

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा आजबाट एक साताका लागि लकडाउन अर्थात् बन्दाबन्दी गरिएको छ ।

शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजबाट एक भदौ सात गतेसम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ ।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएको र जिल्लामा सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो ।कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् ।

त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ भने सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा बिहान ११ बजेदेखि २ बजेसम्मसञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..