बालुवाटारमा ओली,दाहाल र देउवाको त्रिपक्षीय छलफल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।

नेकपाको सचिवालय बैठक सकिए लगत्तै नेकपाका अध्यक्षद्वय र कांग्रेस सभापति देउवाबीच छलफल सुरु भएको हो । केही समय पहिले बसेको नेकपाको सचिवालय बैठकले यसअघि गठित कार्यदललाई अनुमोदन गरेको थियो ।

बालुवाटारको छलफलमा नेकपा र कांग्रेसका तीन नेताहरु बीच भइरहेको छलफल विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका विषयमा केन्द्रित रहेको छ ।

नेकपाको विवाद समाधान उन्मुख भएसँगै प्रधानमन्त्री ओलीले मन्मिण्डल पुनर्गठनको तयारी गरेका छन् । अहिले देखिएको विवाद र शक्ति सन्तुलन दुबै मिल्ने गरी मन्त्रीहरुको हेरफेर गर्ने तयारी रहेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..