नेकपा सचिवालयद्वारा अध्यक्षद्वयले गठन गरेको कार्यदल अनुमोदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले विवाद समाधानका लागि सुझाव दिन बनको कार्यदल अनुमोदन गरेको छ ।
बालुवाटारमा आज बसेको सचिवालय बैठक कार्यदललाई वैधानिकता दिएको हो । बैठकले कार्यदललाई टिओआर पनि दिएको छ ।
शनिबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदल बनाउँदा प्रक्रिया नमिलाएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएपछि सचिवालयले अनुमोदन गरेको हो । तर कार्यदलको सीमा भने तोकिएको छैन ।
कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएपछि सचिवालय हुँदै स्थायी कमिटीमा लैजाने र पार्टीको समस्या समाधान गर्ने नेकपाको तयारी छ ।
महाचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले शनिबारदेखि नै काम थालिसकेको छ । कार्यदलमा तीनवटै पक्षका २–२ जना सदस्य छन् ।
ओली पक्षबाट ओ‌ली पक्षबाट महासचिव पौडेल र शंकर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल तथा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे हुनुहुन्छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..