ओली, प्रचण्ड र देउवाको त्रिपक्षीय छलफल सकियो, यी बिषयमा भए सहमति

ओली, प्रचण्ड र देउवाको त्रिपक्षीय छलफल सकियो, यी बिषयमा भए सहमति 1

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच बालुवाटारमा भएको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको छलफलमा वर्तमान कोरोना संकट, रिक्त रहेका विभिन्न संवैधानिक नियुक्ती र विश्वविद्यालयमा रिक्त रहेका पदहरुमा नियुक्तीको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि बालुवाटारमै बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद अन्त्यका लागि गठित कार्यदललाई अनुमोदन गरेको थियो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..