उद्योग, व्यवसायहरु धराशायी हुने अवस्थामा छन् : कृष्ण आचार्य, इपान अध्यक्ष

उद्योगी-व्यवसायीहरु अहिले आइसियूमा छन्

उद्योग, व्यवसायहरु धराशायी हुने अवस्थामा छन् : कृष्ण आचार्य, इपान अध्यक्ष 1

उद्योग, व्यवसायहरु धराशायी हुने अवस्थामा छन् : कृष्ण आचार्य, इपान अध्यक्ष 2

 

कोरोना महामारीको कारण अहिले विश्व आक्रान्त छ । नेपालमा पनि कोरोनाको प्रभाव बढी रहेको छ । कारोनाको कारण अहिले उद्योग, व्यापार र व्यवसाय सबै बन्द छन् । व्यपार व्यवसाय तथा उद्योगलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ? । उद्योग व्यवसायको के छ अवस्था यहि विषयमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)   अध्यक्ष तथा  वरिष्ठउद्योगी कृष्णप्रसाद आचार्यसँग राजमार्ग डट कमको लागि गरिएको कुराकानीको सम्पादित प्रस्तुत अंश :

 

अहिले कोरोनाको कारण सबै पेशा तथा व्यवसायहरु आंशिक रुपमा मात्र सञ्चालनमा छन् ? व्यवसायहरु कसरी सञ्चालन भइरहेका छन् ?
अहिले व्यवसायहरु धरासायी हुने अवस्थामा पुगेको छ । कोरोना कहिले अन्त्य हुने यो कहिलेसम्म भन्ने केही पनि फिक्स छैन । अब यो भयावह हुने स्थिती छ । सबै व्यवसायीहरु एकपछि अर्को गर्दै सुरुमा यातायात र हवाई सेवा पर्यटनलाई मात्र असर परेको जस्तो भएको थियो । अहिले त सबै क्षेत्र असर परेको छ । पहिले सतकर्ताको स्थिती थियो अहिले भयको स्थितीमा प्रवेश गरेको छ । सरकारले बीचमा केही लकडाउन खोलेपछि केही होलाकी भन्ने थियो । अहिले त्यो पनि रहेन । व्यवसायीहरुलाई बैंकको व्याज तिर्न, मजदुरलाई काम लगाउन र ज्याला सुविधा दिन समस्या भइरहेको छ । कतिपय व्यवसायीहरु त लामो समयसम्म रोकिएपछि त्यो उठ्नै नसक्ने अवस्था हुन्छ । कोरोना नियन्त्रणको भविष्य पनि अनिश्चित छ । सरकारले लकडाउन बढाइरहेको छ । हामी हेरी रहेका छौं । अहिले मानिस आफैँ पनि बाहिर आउन छोडिसकेको छ ।
अहिलेको स्थिती गम्भिर छ । यो स्थितीले गर्दा व्यवसायीहरुलाई अहिले धेरै मार परिरहेको छ । त्यसमा श्रमजिवीहरुलाई त झन् बढी समस्या आइसकेको छ । अब मजदुरहरुलाई घर जाउ भन्ने अवस्था भइसकेको छ । त्यसले व्यवसायीलाई मात्र हैन, सामाजिक आर्थिक रुपमा पनि ठुलो असर पारेको छ ।

उद्योगी, व्यवसायीहरुले व्यवसायको व्यवस्थापन कसरी गरिरहेका छन् ?
जलविद्युतको काम अहिले बाढी र कोरोनाको कारण बन्द रहेको छ । एक दुई वटा सञ्चालनमा भए पनि आंशिक मात्र छन् । सञ्चालन गर्न तयारी अवस्थामा रहेका पनि अहिले सामान नभएको कारण बन्द छ । त्यो अनिश्चित भएको छ । अहिले कामदारको व्यवस्थापन गर्न गाह्रो भएको छ । हजार भन्दा बढी जनशक्ति चाहिन्छ । तर केही चाहिनेमा ५०–१०० जना मजुर लगाएर काम टाकटुक गरिरहेका छन् । अहिले हामीले जे जति सकिन्छ, घरैबाट गरिरहेका छौं । प्रविधिको प्रयोगले केही सजिलो बनाएको छ । अहिले धानेको अवस्थासम्म छ । यसलाई थप विग्रन नदिनको लागि प्रयास गरेका छौं ।

चलिरहेको व्यवसायीहरु आशिंक मात्र सञ्चालनमा छन्, सुरुवात हुन लागेका वा हुँदै गरेका बन्द छन्, यसको आर्थिक क्षति त छ, अन्य क्षेत्रमा के के क्षति हुन्छ ?
आर्थिक रुपमा भन्ने हो, भने यसको क्षति खरबौंको मुल्यमा क्षती हुन्छ । तर यो अहिले नै यति हो भन्ने त आंकलन गर्न पनि सकिन्न । फेरी व्यवसायहरु बैंकको ऋणबाट चलेका छन् । भनिन्छ, ‘ऋणको व्याज राति पनि हिँड्छ ।’ त्यसैले त्यो बैंकको व्याजले पनि ठुलो समस्या ल्याउँछ । यसले अहिले कति भन्न नसके पनि जलविद्युतको क्षेत्रमा मात्र पनि खरौंब खरबको क्षति हुन्छ । यसले समाजिक, आर्थिक, राजनीतिक सबै क्षेत्रमा समस्या हुन्छ । नेपाली युवाहरु जो जो अन्तराष्ट्रिय श्रम बजारमा गएका छन् । तिनीहरु विस्तारै फर्किदै छन् । अब तिनीहरु यहाँ आउँछन् । यहाँका रोजगारीका सबै क्षेत्रहरु बन्द छन् । त्यसले ठुलो असन्तुष्टि निर्माण गर्दछ । जसले भोली समाजलाई अशान्तिको पाटो तिर धकेल्छ । यसलाई सरकार तथा राजनीतिक पार्टीले व्यवस्थापन गर्न नसकेको अवस्थामा सामाजिक समस्या ल्याउँछ ।

एकातिर महामारी अर्को तिर राजनीतिक खिचातानी हुँदा व्यवसायहरुलाई कतिको असर परिरहेको छ ?
पहिलो कुरा आर्थिक क्षेत्र राम्रो हुनु भनेको नै राजनीतिक राम्रो हुनु हो । व्यवसायीहरु के चाहान्छन्, भने ‘उनीहरु आफुले चाहेको काम गर्न सहज किसीमको वाताबरण बनोस् । चाहेको काम गर्दा राजनीतिक तथा प्रशासनिक सहयोग सहजै पाउन सकियोस् भन्ने चाहान्छ । अहिले त्यो खालको वाताबरण छैन ।’ तर पनि नीजि व्यवसायीहरु आफ्नो काम गरिरहेका छन् । धानी रहेका छन् । अहिले सरकार राजश्वा मुखी छ । कसरी बढी राजश्वा उठाउने भन्ने मात्र छ । व्यवसायीहरु अहिले आइसियूमा छन् । त्यसलाई कसरी ठिक गर्ने भन्ने भन्दा पनि सरकार कसरी बढी राजस्वा संकलन गर्ने भन्ने तिर लागेको छ । बैंकहरु कसरी व्याज उठाउने भन्ने कुरा तिर बढी केन्द्रित छन् । यस्तो बेलामा व्यवसायीहरुलाई राहत पाउने खालको कार्यक्रम आउनु पर्ने हो ।
कार्यक्रम नआएको त हैन । आएको छ । तर ठ्याक्कै समाधान हुने खालको छैन । ‘अक्सिजन दिन पर्ने विरामीलाई झ्याल खोलेर हावा खाउ भने जस्तो झारा टार्ने खालको मात्र भएको छ’ । संसार भरी व्यवसायीहरुलाई कति धेरै प्रोमोट गरेको छ । तर हाम्रोमा त्यस्तो छैन । बजेटले व्यवसायीलाई सहिद बनायो । तर पनि जे जति गर्न सकिन्छ । त्यो गरेदेखि राम्रो हुन्थ्यो ।

महामारी नियन्त्रणमा र व्यवसायीहरुको समस्या समाधानमा सरकार र व्यवसायीहरु बीच सहकार्य कतिको छ ?
सरकारसँग सहकार्य नभएकै छैन भन्न त मिल्दैन । तर हामी के हेर्छौ भन्दा प्रतिफल के आयो, कस्तो आयो भन्ने हेर्छौ । त्यो बनाउनको लागि बनाएर भएन । सरकारले नीजि क्षेत्रसँग अपेक्षा गरेको छ । हामी पनि तयार नै छौं । तर कस्तो भयो भने हाम्रो परिपाटि शासन गर्ने भयो । सेवा गर्ने हैन । अरु मुलुकमा जनताको सेवक भन्छन्, तर यहाँ हाम्रोमा प्रशासक भन्छन् । हाम्रो प्रवृति नै शासन गर्ने, आदेश गर्ने भन्ने हुन्छ । सेवा गर्ने भन्ने भावना हुदैन । हामीले भनेको नै अन्तिम सत्य हो जस्तो गर्दछन् । फेरी नीजि क्षेत्र पनि कहाँ कमजोरी छ, कहाँ बढी नाफा कमाउन सकिन्छ भन्ने छ । यो व्यवसायीको उद्देश्य पनि हो । यसलाई संयोजन गराउन आवश्यक छ । सुखि नेपाली समृद्ध नेपाल भन्ने नारा छ । नारा राम्रो भएर मात्र भएन । त्यसलाई कार्यन्वयन गर्न खाका पनि राम्रो बन्न प¥यो । भाषणमा मात्र सिमित भएर भएन ।

व्यवसायको समस्या समाधान गर्न सरकार असफल भएको हो ?
सरकार असफल भएको हो त म भन्दिन । तर जति गर्नु पर्ने हो त्यति गरिएको छैन । जति गर्न सकिन्थ्यो त्यो गरेको छैन ।

कोरोना महामारीसँग जुद्धै व्यवसायहरु लयमा आउन के गर्नुपर्छ ?
पहिलो कुरा त कोरोना विश्वमै महामारी फैलने रोग हो । त्यसबाट बच्न प¥यो । त्यसको मापदण्ड छ । त्यसको सतकर्ता अपनाउन प¥यो । तर त्यो गर्न पनि अहिले नीजि क्षेत्रले मात्र सम्भव छैन । त्यसको लागि सरकारले निश्चित प्याकेज ल्याउनु पर्छ । त्यसको निश्चित नियम बनाउन पर्छ । विकासोन्मुख मुलुकमा स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही गर्ने गर्दछ । यसलाई सतकर्ता सहित व्यवस्थित गर्ने कुरा हो ।
अर्को कुरा पारदर्शी रुपमा काम गर्ने हो भने दण्ड जरीवाना पनि आवश्यक हुँदैन । तर दण्ड, जरीवाना गरिब, निमुखाहरुलाई लगाउने, अरुलाई केही नगर्ने अवस्था छ । सरकारले आफैँ नियम बनाउन छ । त्यही नियम सरकार आफैँ तोडिरहेको अवस्था छ । त्यसैले पहुँच हुनेले जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्ति रोक्नु पर्दछ

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..