नेकपाका नेता भीम रावलले लिए पिएचडीको प्रमाणपत्र

नेकपाका नेता भीम रावलले लिए पिएचडीको प्रमाणपत्र 1

काठमाडौं, भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा। भीम रावलले विद्यावारिधी गरेको अस्थायी प्रमाणपत्र लिएका छन् ।

आज सामाजिक सञ्जाल ट्विटर मार्फत तस्बिर सार्वजनिक गर्दै राववले अस्थायी प्रमाणपत्र लिएको जानकारी दिएका हुन् ।

‘आज त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा डीन प्रा।डा। कुशुम शाक्यबाट विद्यावारिधीको अस्थायी प्रमाणपत्र प्राप्त भयो,’ रावलले लेखेका छन् ।

पूर्व उपप्रधान, गृह र रक्षामन्त्रीसमेत रहेका नेता रावलले ‘नेपालमा राजनीतिक हिं’सा र माओवादी वि’द्रोह’ विषयमा विद्यावारिधी गरेका हुन् ।

अन्तर्राष्ट्रिय कानुनका ज्ञातासमेत रहेका नेता रावल पछिल्लो समय अमेरिकी परियोजना एमसिसीको विपक्षमा उभिएपछि चर्चामा आएका छन् ।

रावलको शोधप्रबन्ध गाइडको रुपमा राजनीतिक शास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. मीना वैद्य रहेकी थिइन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..