वाग्मती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण

भदौ १, काठमाडौं । वाग्मती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमित भएकी छन् । उपसभामुख राधिका तामाङ कोरोना संक्रमण पुष्टि भएको जानकारी उनकी स्वकीय सचिव एलिशा थापाले दिएकी छन् ।
थापाका अुनसार केही दिन अघि काठमाडौं बैठक गर्ने क्रममा आफू पनि संक्रमित भएको अनुमान उपसभामुख तामाङले गरेकी छन् ।
अहिले उपसभामुख तामाङ आफ्नै क्वार्टरमा आइसोलेसनमा रहेकी छन् ।

प्रदेश उपसभामुख तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको पनि थापाले जनाएकी छन् ।

Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..