सर्पले गर्ने विचित्र मसाज

सर्पबाट मसाज गराउने विषयमा कसैले सोच्न सक्छ ? सम्भवतः सक्दैन । सर्प कम विषालु भए पनि मानिस डराउने गर्दछन् । तर, इन्डोनेसियाको राजधानी जाकार्तामा सर्पबाट मसाज गराउने चलन बढेको छ ।

मानिसहरु आफ्नो तनाव हटाउनका लागि मसाज पार्लर गएर युवतीको सट्टा सर्पबाट मसाज गराउन मन पराउन थालेका छन् । सर्पबाट गराइने यस्ता मसाज पार्लरमा मानिसलाई सुताएर उमाथि कयौ प्रजातिका सर्प छोड्ने गरिन्छ । सर्पहरु नाङ्गो शरीरमा यताउता गरिरहन्छन् । यसमा सानो देखि लिएर ठुला सर्पसमेत हुने गर्दछन् ।

कतिपय सर्प त नाकमा घुस्ने प्रयाससमेत गर्दछन् । कति पेट, हात, काँध, टाउको, छाती आदि स्थानमा हिडिरहन्छन् । सर्पबाट मसाज गराउने मसाज पार्लरहरुका अनुसार यो मसाजबाट तनाव हट्ने गर्दछ । उनीहरुको दावीअनुसार तनाव मात्र होइन सर्पको चिसोबाट शरीरको चिडचिडाहटसमेत हट्ने गर्दछ । स्मरणरहोस् यसरी सर्पबाट मसाज चीन लगायतका अन्य मुलुकमा पनि गराइने गर्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..