मन्त्री लेखराज भट्टद्वारा क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग प्रदान

भदौ १, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरेका छन् ।
उनले कैलाली गोदावरी नगरपालिका १२ निवासी कर्णबहादुर खत्रीका छोरा क्यान्सर रोगबाट पीडित बालक डम्बर खत्रीलाई ३१ हजार सहित खाद्यन्न, बेड विस्तारालगायका सामग्री सहयोग गरेका हुन् ।

मन्त्री भट्टले स्वकीय सचिव हेतेश ओझामार्फत् सो सामग्री आज हस्तान्तरण गरेका छन् । साथै, उनले उपचारमा आवश्यक अन्य सहयोगको पनि व्यवस्था गर्नै प्रतिबद्धता जनाको उनका स्वीकय सचिवले जनाएका छन् ।
क्यान्सर पीडित बालक अहिले कान्ति बाल अस्पताल काठमाडौंमा उपचार गराइरहेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..