हेटौंडामा प्रहरीमाथि खुकुरी प्रहार, दुईजना पक्राउ

हेटौंडामा प्रहरीमाथि खुकुरी प्रहार, दुईजना पक्राउ 1

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ चौघडामा रहेको प्रहरी चौकी चौघडाका असई डम्बरबहादुर केसीमाथि सोमबार राति खुकुरी प्रहार भएको छ। उनलाई हेटौ)डा–६ गौरीटारमा खुकुरी प्रहार भएको हो।

गौरीटारमा २५ वर्षीय भक्तराम राउतले असई केसीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए। घरायसी विवादको खबर पाएपछि त्यस क्षेत्रमा पुगेका असई केसीमाथि राउतले एक्कासी खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।

खुकुरी प्रहारबाट असई केसीको हातमा गहिरो चोट लागेको र उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारका लागि भरतपुर रिफर गरिएको डिएसपी रानाले बताए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।

डिएसपी रानासहित वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको थियो।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..