सभापति देउवा स्वच्छाचारी ढंगले चल्नु भयो : संसद दिपेन्द्र श्रेष्ठ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भित्र अहिले महाधिवेसनको चटारो छ । कांग्रेसको १४ औं महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । काग्रेस भित्र अहिले युवाहरुले नेतृत्व गर्नु पर्ने र बुढा नेताहरुले अविभावकको जिम्मेवारीमा रहनु पर्ने आवज उठ्न थालेको छ । यि नै बिषयमा केन्द्रित रहेर कांग्रेसका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठसँग राजमार्गका लागि गरिएको कुराकानीको सम्पादित प्रस्तुत अंश :

कांग्रेस माहाधिवेशन तोकिए कै समय हुन्छ ?
समय अवधि धेरै नभएको कारण यो एउटा वाध्यात्म परिस्थिती पनि छ । जसरी पनि समयमा नै गर्न चराटोर छ र मलाई लाग्छ । तोकिएकै समयमा हुन्छ ।

पार्टी भित्र विवादै विवाद छ, सभापती शेर बहादुर देउवाले एकलौटी रुपमा निर्णय गरेर विभागहरु गठन गरिरहेका छन् ?
केन्द्रिय समितिले निर्णय गरेर समय तालिका सार्वजनिक गरि सकेको छ । क्रियाशिल सदस्य देखि संघिय, प्रदेश जिल्ला, स्थानीय सबै ठाउँमा गर्ने भने पछि त्यसमा कुनै पनि समस्या छैन । तर महाधिवेशनको पुर्व सन्ध्यामा सभापति ज्यूले जुन ढंगले अगाडि बढ्नु भएको छ । निर्वाचन घोषणा भइसके पछि विभागहरु गठन गर्नु भएको छ, त्यो विधान विपरीत कुन्सित भावना राखेर गरिएको निर्णय हो । यद्यपि उहाँ चुनाव जितेर आए लगतै उहाँले मनोनयन गर्नु भएको भए । यो काम अर्थपुर्ण हुन्थ्यो ।
आएका साथीहरुमा मेरो कुनै आपत्ति छैन । तर जुन प्रकृयाबाट अधिवेशन तय भए पछि विभाग गठन गर्ने काम निन्दनीय छ । यसलाई खारेज गर्नु पर्दछ । यो निर्वाचनको बाधक बन्नु हुदैन । यो गलत नियतमा नीति विपरित विभाग गठन भएको छ ।

विभाग गठन सभापतिको अधिकार भित्रको कुरा हो नी हैन र ?
हो यो सभापतिको अधिकार भित्रको कुरा हो । तर रामचन्द्र गुट लगायत सबैले निर्वाचन भएर आए लगतै विभाग गठन गर्नुस भनेर भन्दै गर्दा खेरी उहाँले यो बीचको समयमा गर्न सक्नु भएन । सुशील कोइराला सभापति हुँदा निर्धारित समयमा विभाग गठन नहुँदा आपत्ति जनाउने र विरोध गर्ने उहाँ नै हुनुहुन्थ्यो । तर अहिले चाहि निर्वाचनको तालिका घोषणा भए पछि विभाग गठन तिर लाग्नु भयो । निर्वाचन तालिका घोषणा भए पछि त निर्वाचन तिर पो लाग्नु पर्छ त । विभाग गठन गरेर आफै विवादित, कलोसित भावना, सकृण भावनाको दृष्टान्त उहाँ आफैले प्रर्दन गर्नु भएको छ । यस्ता निर्णयहरुलाई सच्याइनु पर्दछ । उहाँ अहिले निर्वाचनको सभापति हो । परीक्षामा बसेको विद्यार्थीले किताब अगाडि राखेर लेख्न पाउँदैन । पहिले नै पढ्नु पर्दछ ।

सभापति शेरबहादुर देउवा स्वाच्छाचारी  ढंगले चल्यो भन्नु खोज्नु भएको हो ?

यो अहिलेको घटनाक्रम, गतिविधि, विभाग गठन लगायतका बिषयमा उहाँले पार्टी भित्र छलफल बहस गरेर जानु पर्ने थियो । अहिलेको आवश्यकता पनि त्यही थियो । तर यी सबै कुरालाई घलहत्याएर स्वाच्छाचारी ढङ्गले जानु भएको भन्ने कुरा त प्रमाणित भइसक्यो ।

काग्रेसलाई युवाको पार्टी बनाउने बहस पनि सुरु भएको छ ? यसलाई कुन अर्थमा बुझ्ने ?
अहिले नेपालमा स्थापित राजनीतिक पार्टीहरु नेकपा होस या कांग्रेस वा अन्यदल मैले चाहि के भन्छु भने नेतृत्वमा पुग्ने नेताहरुमा जोस जाँगर शारीरिक सवलता भएको हुनुपर्छ । आफ्नो पार्टीको गतिविधिहरु जिल्ला जिल्लामा पु¥याउन सक्ने । जुझारु खालको नेतृत्वको आवश्यकता छ । मैले प्रष्ट भन्दै आएको कुरा के हो भने वास्तवमा ७० बर्ष कटेका नेताहरुलाई पद लिनबाट बन्चित गराइनु पर्दछ । किन भने शारीरिक दुर्वलताको कारण जुन खालको उत्साह हुनु पर्ने हो त्यो हँुदैन । अहिले कांग्रेस मात्र हैन अन्य पार्टीमा पनि ७० कटेकाको नेतृत्व छ । अब सबैले दोस्रो पुस्तालाई नेतृत्व दिन पर्दछ । अधिकांस केन्द्रिय सदस्य तथा अन्य विभागहरुमा पनि युवालाई प्राथमिकता दिन जरुरी छ ।
कांग्रेसमा हामी लगायतको धेरै नेताहरु केन्द्रिय कमिटिमा युवा नै छौं । तर अब काग्रेसको नेतृत्व भनेको दोस्रो पुस्ताका नेताहरुले गर्नु पर्दछ । र पार्टीमा अरु नेताहरु अविभावकको रुपमा रहनु पर्दछ ।

तर काग्रेसमा युवाहरुलाई नेतृत्व तहमा पुग्न त दिएको छैन ?
यो नेतृत्व तहहले अलिक सकृण मानसिकता राखेको छ । यो कांग्रेसमा मात्र हैन अन्य पार्टीको अवस्था पनि यस्तै छ । अब म आफै विद्यार्थी राजनीतिकमा लागेको देखि अहिले सम्म २७ बर्ष भयो । यो अवस्थामा छु । मैले सकृय राजनीतिक गर्ने भनेको ६५ बर्ष सम्म हो । यो मैले अहिले नै मानसिकता बनाइ सकेको छु । म त्यो बेला सम्म राजनीतिक र समाजिक हरेक क्षेत्रमा निस्वार्थ भावनामा काम गर्न सक्छु । त्यो बेला सम्म उत्साहको साथ लाग्न सक्छु ।
त्यसैले म नेताहरुलाई पनि के भन्न चाहान्छु भने अब आफ्नो नामको लागि पदियलोलुपता लाग्नु स्वाभाविक कुरा हो । पद घाटमा लिएर जाने गलत प्रवृति हो । नेताहरु पदलाइ घाटमा नपु¥याए सम्म नछोड्ने अवस्था छ । यो पार्टी र आफ्नो लागि दुवै घाटाको कुरा हो ।

नेतृत्व लिनको लागि कांग्रेसका युवाहरुले अब के गर्नु पर्छ ?
अब अहिले युवाहरुले नेतृत्व लिन एक दमै आवश्यक र अर्थपूर्ण छ । अहिले देश बामगठबन्धनको चपेटामा परेको छ । यति खेर शसक्त प्रतिपक्षको भुमिका नेपाली जनताले खोजीरहेको अवस्था छ । पार्टीलाई उर्जा शिल बनाउन, सक्षम, योग्य, ७७ वटै जिल्लामा पुग्न सक्ने, राम्रो राजनीतिक पृष्ठ भुमि भएको सामर्थवान व्यक्तिले नेतृत्व गर्न आवश्यक छ । निरुत्साहि भएर बसेका कार्यकर्ताहरुलाई पनि उत्साह दिन सक्ने नेतृत्व नेपाली कांग्रेसमा आवश्यक छ । र त्यस्तो खाले नेतृत्व युवाहरुले चयन गर्नु पर्ने छ ।
अब यहाँ मिठा कुरा गर्ने, मिठा भाषण गर्ने, मरुभूमिमा धान फलाई दिने, कलेज देखि भ्रष्टचार गर्दै आएका,फटाहा सोच भएका, मन्त्री हुँदा गनाएका, भ्रष्ट्राचारमा लिप्त भएका पनि छन् । मिठा कुरा गर्ने, क्रान्तिकारी कुरा गर्ने हैन की सबै थरीका मानिसलाई समेट्न सक्ने क्षमता भएका व्यक्तित्वको आावश्यक छ । अहिले मैले दोस्रो पुस्ताका नेताहरु प्रकासमान सिंह, विमलेन्द्र निधी र डा.शसाक कोइराला यी तिनै जनामा मैले यो क्षमता देखेको छु । पहिलो पुस्ताले पार्टीको नेतृत्व छोड्न पर्छ । उहाँहरुले अविभावको भूमिका निर्वाह गर्नु पर्दछ ।

तपाई जुझारु युवा हुनुहुन्छ, जनताको सेवकको रुपमा आफुलाई स्थापित गर्न सफल हुनुभएको छ । तपाईको तयारी के छ ?
म पार्टीको हरेक अवस्था हेर्छु । गगन थापा, प्रदिप पौडेल म भनेको हामीसँगै स्ववियु लडेको मान्छे । उहाँहरुले पटक पटक जिम्मेवारी पाउनु भयो । गगन थापा जि ३ पटक संसद बन्नु भयो । मैले भन्न खोजेको कुरा के हो भने हामी सबै योग्य छौं । तर मेरो कुरा के हो भने पार्टीका नेता तथा पार्टीका कार्यकर्ता साथीहरुले मलाई आवश्यक ठाने भने म हरेक क्षेत्रको नेतृत्व गर्न तयार छु । तर चाही के छ भने यो प्रकृयामा गए पछि साथीहरुसँग छलफल गरेर निर्णय लिन्छु ।

डा. शसाकको टिम कांग्रेसमा कोइरालाको विरासतमा फर्काउने तयारी गरिरहेको छ ? कोइराला विरासत फर्कान सफल हुन्छ ?
कसैको विरासत भन्नु भन्दा पनि कस्को कति योगदान भन्ने कुरा हो । हाम्रो प्रकाशमान दाईको कुरा गारौंन । गणेशमान एक त्यागी नेताको रुपमा रहनु भएको छ । उहाँ आफ्नो ग्राँस रुटबाट आएको नेता हो । विभिन्न तल्लो कमिटिमा बसेर काम गर्दै जनता र कार्यक्रर्ताको मन जितेर आउनु भएको नेता हो । उहाँ उपसभापति, महामन्त्री भएको मान्छे हो । उहाँलाई लिगेसिको रुपमा आएको भन्न त भएन ।
डा.शशाक कोइराल, विमलेन्द्र निधी उहाँहरुको पनि आ–आफ्नो योगदान छ । यि मध्येबाट आउँदा ठिकै हुन्छ । तर लिगेसी पनि महत्वपुर्ण हुन्छ । पार्टी प्रतिको माया सम्मान, निष्ठाको आधारमा आउने कुरा हो ।
कोइरालको विरासत भनेको अब भोली कार्यक्रर्ताको हातको कुरा हो । सबै कार्यक्रर्ताले बुझेका छन् । अहिले उहाँ अलि प्रवल देखिनु स्वाभाविक हो । त्यो भोली निर्वाचन पछिको कुरा हो ।

अबको सभापती को हो ?
अबको पार्टीको नेतृत्व भनेको जुझारु हुनु पर्दछ । ७७ वटै जिल्लामा पार्टीको कार्यक्रम लिएर जान सक्ने क्षमता भएको व्यक्ति अहिलेको नेतृत्वको आवश्यकता हो । ७० बर्ष कटेको नेताहरुले अब अबिभावकको भूमिका निर्वाह गर्न पर्छ । दोस्रो पुस्ताले काग्रेसको नेतृत्व गर्न पर्छ ।
अबको सभापित भनेको प्रकासमान सिंह हो । उहाँको इतिहास पनि हेर्न पर्छ । हरेक कमिटिमा आफुले पाएको जिम्मेवारी सफलताका साथ निर्वाह गर्दै आएको व्यक्ति पनि हुनुहुन्छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..