नेपालको झन्डा जलाउने गीतको टिमका क्यामेरा म्यान पक्राउ

काठमाडौं । नेपालको झन्डा जलाउने गीतको टिमका एक सदस्यलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार नखिपोटबाट नियन्त्रणमा लिएको हो । अरु ६ जना अझै फरार रहेको महानगरीय अपराध महाशाले जनाएको छ ।

उक्त गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको थियो । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १५१ ९१० अनुसार उनीहरुलाई मुद्दा चलाउने भएको छ ।

झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउन पाइँदैन । यो कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..