भक्तपुर नगरपालिकाले भदौ ३ देखि १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने

भदौ २, भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्र हुँदै काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

भदौ २ गते मंगलबार नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग बैठक बसेर भदौ ३ ९बुधबारबाट० देखि १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

बैठकले कोरोना भाइरस नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न सहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिएकाले समुदायस्तरमा संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको भक्तपुर मेयरले जानकराी दिएका छन् । ।

मध्यपुर थिमि नगरपालिकाले भने साउन ३२ गते देखि १० दिनका लागि सार्वजनिक यातायात सञ्चालन रोक लगाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..