राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन 1

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।

घिमिरेको आफ्नै निवासमा आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उहाँकी बुहारी राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ ः ५५ बजे निधन भएको हो।

उहाँकी बुहारी विजेता घिमिरेका अनुसार राष्ट्रकविको निधन उहाँकै निवासमा आज साँझ ५ः५५ बजे निधन भएको हो ।

१०२ वर्षीया कवि घिमिरेमा स्वास प्रश्वास समस्या देखिएपछि उहाँ विगत चार महिनादेखि आफ्नै निवासमा अक्सिजन दिएर घरमा नै उपाचार गरिरहनुभएको थियो ।

१९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे १३ बर्षको उमेरबाटै साहित्यसँग खेलेर हुर्कनु भएको हो । उहाँको जीवनमा राणाकाल, प्रजातन्त्र, बहुदल र गणतन्त्रसम्मको एउटा युग अटाएको छ ।

नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली बढी प्रयोगमा ल्याउने घिमिरेलाई साहित्यसाधकले गीतकार, गीति नाटककारका साथै बालसाहित्यकारका पनि चिन्छन्।

उहाँले राणाकालमा १९९४ सालमै नवमञ्जरी, प्रजातन्त्रकालमा २०१० सालमा घामपानी र २०१३ सालमा नयाँ नेपाल लेख्नुभयो ।

किन्नर–किन्नरी, राष्ट्रनिर्माता, राजेश्वरी लगायतका उहाँका कृति प्रकाशीत छन् । गौरी त उहाँको प्राण नै हो । साहित्य लेखनको मसी सुक्न नदिई उहाँ ऋतंभरा महाकाव्य पूरा गर्ने लक्ष्यमा डट्नुभएको थियो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..