घिमिरेको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

देउवाले समाजिक सञ्जालमार्फत राष्ट्रकवि घिमिरेको निधनबाट आफू मर्माहित भएको बताएका छन्।

उनले राष्ट्रकविको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको उल्लेख गरेका छन्।

‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरले मर्माहित भएको छु। उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ। उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि विदाई लिएको छ। राष्ट्रकविप्रति हृदयदेखि नै हार्दिक श्रद्धाञ्जली’, देउवाले ट्वीटरमा लेखेका छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..