बीपीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सुनसरी । धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हिजो बिहान २ बजे जटिल अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा ल्याइएका मोरङको बुढीगंगा २ निवासी ६५ बर्षीया बृद्धाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

साउन २५ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विराट मेडिकलमा उपचारको लागि लगिएको थियो । उनलाई ज्वरो, खोकी र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । साउन २७ गते कोशी अस्पतालमा भर्ना गरी पिसिआर परिक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि पुनः विराट मेडिकलमा लगेर उपचार गर्नेक्रममा गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाना रेफर गरिएको थियो ।

गम्भिर अवस्थामा आइपुगेको विरामीमा कोरोना आसंका गरी स्वाब लिएर परिक्षण गर्दा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । उनको उपचारकै क्रममा मृत्यु भएकाले मृतकको शव व्यवस्थापनका लागि अहिले तयारी भईरहेको जनाईएको छ । यो संगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..