भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं । देशका धेरै स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले आगामी २४ घण्टासम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ति स्थानका नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको जनाएको छ ।

पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..