डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेन औपचारिक घोषणा

डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई आउँदो नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवार बनाउने घोषणा गरेको छ।

पार्टीको राष्ट्रिय सम्मेलनको दोस्रो दिन डेमोक्र्याटिक पार्टीले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो।

जो बाइडेनलाई पूर्व राष्ट्रपतिहरु विल क्लिन्टन र जिमी कार्टर तथा रिपब्लिकन नेता समेत रहेका पूर्व विदेश मन्त्री कालिन पोवेललेसमते कयौं रिपब्लिकन नेताहरुले समर्थन गरेका छन्।

डेमोक्र्याटिक पूर्व राष्ट्रपति क्लिन्टनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अराजकता र अस्तव्यस्ता बनाएको बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलन यो पटक पूर्ण रुपमा अनलाइन मार्फत भर्चुयल मार्फत् भएको छ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..