संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि 1

भदौ ३, काठमाडौं । अछाम-२ बाट प्रतिनिधित्व गर्ने संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बोगटी अछाम-२ बाट निर्वाचित सांसद हुन्, उनी आफैँलाई कोरोना संक्रमण भएको बताए छन्।

ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए ।

उनको पहिलो रिपोर्ट साउन ३२ गते आएको थियो, त्यतिबेला रिपोर्ट नेगेटिभ आएको थियो, तर उनको पुनः भदौ २ गते अर्को रिपोर्ट आउँदा पोजेटिभ आएको बोगटीले जानकारी दिएका छन्।

सांसद बोगटी कोरोना भाइरस भएको पुष्टि पश्चात् कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा रहेका छन्।

सांसद बोगटी साउन १७ गते गृह जिल्ला अछामबाट फर्किएका थिए । बोगटीका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा सहभागी भइरहेकोसमेत जानकारी दिएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..