राैतहटमा गाेली हानेर पुजारीकाे हत्या

राैतहटमा गाेली हानेर पुजारीकाे हत्या 1

राैतहट । राैतहटको माधव नारायण नगरपालिकामा अज्ञात समूहले गोली प्रहार गरेर पूजारिको हत्या गरेका छन्।

माधब नारायण नगरपालिका वाड नं.२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको गाेली लागेर घटनास्थलमा नै मृत्यु भएको हो।

खाना खाइरहेको बेला हनुमान मन्दिरको पुजारीमाथि अज्ञात समुहले गोली प्रहार गरेको थियो। गोली लागेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महताेले जनकारी दिएका छन्।

घटनाबारे अनुसन्धान जारी रहेको डिएसपी महताेले बताएका छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..