भारतमा एकै दिन ६९ हजार कोरोना संक्रमित थपिए

भारतमा एकै दिन ६९ हजार कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ३५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९८० जनाको मृत्यु भएसँगै भारतमा कुल मृतकको संख्या ५३ हजार ९९४ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार नयाँ संक्रमित थपिएका छन् भने १२ सय १४ जनाको मृत्यु भएको छ। ब्राजिलमा ४८ हजार ५४१ जना संक्रमित थपिँदा ११ सय ७० जनाको मृत्यु भएको छ।

रसियामा झण्डै ५ हजार संक्रमित थपिँदा ११७ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकामा ३ हजार ९ सय संक्रमित थप भएका छन् भने १५९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५८ हजार नयाँ संक्रमित थपिएका छन्। ६ हजार ४ सय जनाको मृत्यु भएको छ।

योसँगै विश्वभर कुल संक्रमितको संख्या २ करोड २५ लाख ५६ हजार पुगेको छ भने ७ लाख ८९ हजार जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड ५२ लाख पुगेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..