लिदी पहिरोमा बेपत्ता थप ३ जनाकोे शव भेटियो

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप ३ जनाको शव भेटिएको छ ।

यसअघि २५ जनाको शव भेटिएकोमा योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । ११ जना अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएकाथिए ।
हिजो एक बालकर २ महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

मृत्य्र हुनेमा ४२ बर्षकी जिबिरानी दोङ, ५ बर्षका सानुकान्छा दोङ र १८ बर्षकी ललिता दोङको शव फेला परेको हो । यो संगै पहिरोमा ज्यान गुमाउने २८ पुगेक छ।

शव फेला परिएकोमध्ये १५ जना पुरूष र १३ जनामहिला रहेका छन। त्यसमध्ये १४ जनाबालबालिमामात्रै रहेका छन ।

पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरी ६६ जना र स्थानीयबासी जुटेका छन ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..