पत्रकारसहित दुई जना संक्रमित, महासंघका सचिवलाई कोरोना संक्रमण

नुवाकोट । नुवाकोटका एक जना युवकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सातदिन अगाडि दिइएको स्वाबको नतिजा आउने क्रममा नुवाकोटमा पत्रकारसहित दुई जनालाई कोरोना संक्रमण भएको हो ।

समुदायका मानिसहरुको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा परीक्षणको लागि लगिएको थियो । नतिजामा नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाललाई कोरोना पोटेटिभ देखिएको हो ।

बुधबारै विदेशबाट आएर त्रिशूलीस्थित शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका ४२ वर्षीय पुरुषमासमेत कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यससंगै नुवाकोटमा कोरोना सक्रमितहरुको संख्या ७२ पुगेको छ । ३५ वर्षीय खनालसहित अर्का संक्रमितलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूलीको आइसोलेसनमा राखिएको छ ।

हाल नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा नौजना, खरानीटार अस्पताल तादीमा चार जना र काठमाडौका विभिन्न अस्पतालमा ६ जना गरी १९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..