पछिल्लो २४ घण्टामा ७ सय ७ संक्रमित, संक्रमितको सख्या २९ हजार बढी

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ७ जनासहित देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको बताए ।

संक्रमितमध्ये १७ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन् भने १ सय २६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..