पछिल्लो २४ घण्टामा उपत्यकामा २०० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ७ जनासहित देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको बताए ।

संक्रमितमध्ये १७ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन् भने १ सय २६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..