स्थानीय तहको कोरोना नियन्त्रण प्रयासमा संघीय सरकारको अवरोध भयो : मेयर श्रेष्ठ

स्थानीय तहको कोरोना नियन्त्रण प्रयासमा संघीय सरकारको अवरोध भयो : मेयर श्रेष्ठ 1

काठमाडौं उपत्यकामा अहिले कोरोना नियन्त्रणको लागि विहिबारबाट निषेधाज्ञा जारी भएको छ । कोरोना नियन्त्रणमा सरकार असफल देखिएको आवज उढ्दै गएको र कोरोना संक्रमणको अवस्था बढ्दै जादा सरकारले निषेधाज्ञा जारी गरेको हो । अहिले काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना फैलिएको जनस्वास्थ्य विज्ञले भन्दै आएको छ । के साच्चै कोरोनाले अब महामारीको अवस्था लिने हो ? यसलाई रोक्ने स्थानीय सरकारको तयारी के छ ? यस बिषयमा मध्पुरथिमी नगरपालिकाको मेयर मदनसुन्दर श्रेष्ठसँग राजमार्गको लागि गरिएको कुराकानीको सम्पादित अंश :

स्थानीय तहको कोरोना नियन्त्रण प्रयासमा संघीय सरकारको अवरोध भयो : मेयर श्रेष्ठ 2
मध्यपुर थिमी नगरपालिकामा कोरोनाको अवस्था के छ ?
मध्यपुर थिमीमा अहिले कोरोनाको भयावह स्थिती छ । दैनिक जसो संक्रमितको सख्या भेटिरहेको छ । ४५ जना भन्दा बढी संक्रमित देखिसकेको अवस्था छ । प्रत्यक वडामा संक्रमितको संख्या बढी रहेको छ । स्थानीय व्यक्तिहरु परिवार परिवार नै संक्रमण देखिन थालेको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरीया मैत्री अस्पतालमा पनि ४ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी गरी ५ जनालाई संक्रमण भएको अवस्था छ । अस्पताल पनि सिल गरेका छौं ।

समुदाय स्तरमा कोरोना फैलिएको हो ?
समुदाय स्तरमा कोरोना फैलिएको हैन । फैलिएको लक्षण देखिएको छ । यसलाई अहिले नियन्त्रण गर्न सकिएन भने समुदाय स्तरमा निर्वाध रुपमा जाने सम्भावना छ ।
स्थानीय तहको कोरोना नियन्त्रण प्रयासमा संघीय सरकारको अवरोध भयो : मेयर श्रेष्ठ 3
क्वारेन्टिनको व्यवस्थापन कसरी गर्नु भएको छ ?
भक्तपुरमा हामीले क्वारेन्टिन भन्दा पनि आइसोलेसन र आइसियू संख्याको तयारी गरेका छौं । हाम्रो अस्पतालमा पनि आइसोलेसन २५ बेडको थियो । अहिले त्यो भरिएको अवस्था छ । हामीले जिल्ला प्र्रशासन प्रमुखको कार्यलयमा बैंठक बसेर दुवाकोट , खरिपाटिको प्राधिकरण भवनलाई आइसोलेसन बनाउने निर्णय गरेको छौं । भक्तपुर अस्पतालमा २५ बेडको आइसियू बनाउने तयारी गरेका छौं । भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आयो भने त्यसको लागि १५ वटा भेन्टिलेटर स्टेन्ड वाई राखेका छौं । त्यसको लागि हामी ४ वटा नगरपालिकाले उपचार व्यहोर्ने गरी व्यवस्थापन गरेको हो । यो चाहिँ जिल्ला भरीको लागि व्यवस्था हो ।
कति क्षमताको हुन्छ, कुन कुन नगरपालिकाको आर्थिक सहयोग हुन्छ ?
हामीले ८ सय देखि १ हजारसम्मका क्षमताको यो व्यवस्थापन गरेका छौं । यसमा अहिले सबै प्रयोग गर्न आावश्यक छैन । मध्यपुर थिमी नगरपालिका, भक्तपुर नगरपालिका, चागुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोग र व्यवस्थापन रहन्छ ।

कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको लागि कोरोना परीक्षण गर्ने व्यवस्था कसरी गर्नु भएको छ ?
कन्ट्रयाक ट्रेसिङमा परेका सबैलाई हामीले परीक्षण गराई रहेका छौं । अस्पतालको तीन सय जनाको कन्ट्रयक ट्रेसिङ सकिएको छ । हामीले दैनिक २५० देखि ३ सयसम्मको स्वाब लिएर २४ घण्टाभित्र रिपोर्ट दिँदै आएका छौं । नगरपालिकाले सञ्चालन गरेको आफ्नै अस्पतालमा कोरोना परीक्षण ल्याव भएको कारण हामीलाई कोरोना परीक्षणका कुनै पनि समस्या रहेको छैन ।
स्थानीय तहको कोरोना नियन्त्रण प्रयासमा संघीय सरकारको अवरोध भयो : मेयर श्रेष्ठ 4
शंकामा परेका वा स्वाच्छाले कोरोनो परीक्षण गर्न चाहनेहरुको लागि के अवस्था ?
मध्यपुर थिमी नगरपालिकाभित्र रहेको सबै नगरवासीलाई हामीले सबैको कोरोना परीक्षण गराउने गरी दैनिक रुपमा स्वाव संकलन गरिरहेका छौं । नगरपालिकाको अस्पतालको टिमले स्वाव संकलनको काम गरिरहेको छ ।
शंकामा परेका वा स्वाच्छाले कोरोना परीक्षण गर्नेहरुले पनि ११ बजे देखि १ बजे समयको बीचमा आफ्नो स्वाब दिन सक्नु हुन्छ । अहिले डाक्टरहरुले सिफारिस गरेकोलाई भन्दा बाहेक परीक्षण गराउन केही शुल्क लाग्ने छ ।

लकडाउनको अबधिमा बाहिर जिल्ला जाने र खुलेपछि आउनेहरुको लागि कसरी व्यवस्थापन गर्नु भएको छ ?
अहिले सबै भन्दा समस्या त्यही मान्छेहरुको भएको छ । तिनीहरुलाई हामीले व्यवस्थापन गर्न हैन नियमित सम्पर्कमा पनि राख्न सकेको छैनौं । वडा र नगरसँग सम्पर्कमा रहेर आउनेहरुको व्यवस्था गरेको छौं । कति बेला कति खेर कहाँबाट आएर के गर्छ भन्नेसम्मको जानकारी लिन नसक्दा अहिले समस्या भएको छ । वडामा नगरमा सम्पर्क नगर्ने लुकि लुकि राति राति आउनेहरुले अहिले कोरोना नियन्त्रणमा समस्या भएको छ । मध्यपुरमा समुदाय स्तरमा कोरोना फैलाउन ठुलो भुमिका उनीहरुको देखिन्छ ।

किटको अभाव छ, परीक्षण गर्न सकिदैन भन्ने अवस्थ छैन ?
हामीले आफैले सञ्चालन गरेको अस्पतालमा हामी आफै ल्याव पनि सञ्चालन गरेका हौं । सरकारले कुनै सहयोग गरेको छैन । नेपाल सरकारले किट दिएको छैन । देशमा ने पहिलो हामीले नगर स्तरीय असपताल र त्यसमा कोरोना ल्याव सञ्चालन गरेको हो । अब यसका सरकारको आश गर्न थाल्यो भनेत केही हुँदैन । हामी आफै किट खरिद गर्दछौं । अहिले हामीलाई किटको अभाव छैन । हामीले अभाव हुने भन्दा पहिले नै सिंगापुरबाट किट खरिद गर्दछौं । त्यसैले किटको अभावमा परीक्षण रोक्नु पर्ने अवस्था आउँदैन । हामीले अहिले सम्म ४५ सय भन्दा बढीको परीक्षण गरी सकेका छौं । अहिले हामी दैनिक १ हजार जनासम्म परीक्षण गराउन सक्छौं ।

विरामीहरु पाइएको अवस्थामा व्यवस्थापन कसरी गर्नु हुन्छ, पुर्व तयारी के छ ?
पहिलो कुरा संक्रमित भउको अवस्थामा धेरै समस्या हुन्छ । त्यसलाई आइसोलेट गर्दै जानु पर्ने हुन्छ । जुन धेरै खर्चिलो हुन्छ । यसको लागि हामीले जिल्लास्तरमा सिडियो सापसँग बसेर छलफल गरेका छौं । हामीले १४ दिन घर भित्रै बस्न भनेका छौं । जसले गर्दा संक्रमण फैलिनबाट जोगिन सकिन्छ ।

स्थानीय तह र प्रशासनको सहकार्य कतिको रहेको छ ?
अहिले त हामीले भक्तपुरमा जिल्ला प्रशासनसँग सबै कुरा सहकार्य गरेर नै गरिरहेका छौं । अब यो उपत्यकामा संक्रमणको दर बढी रहेको अवस्था छ । त्यसले गर्दा यसको लागि संघीय सरकारले नै आइसोलेसन तथा भेन्टिलेटरहरु सञ्चालन गर्नैपर्ने देखिन्छ । त्यसको लागि यहाँ भएको अस्पतालहरुलाई कोरोना डेटिकेटेट भएर काम गर्नु पर्ने देखिन्छ । यहाँ अस्पतालहरुलाई वाइफोर्स अथवा केही फाइदा दिएर भए पनि तयारी गराउने र त्यसको लागि आर्थिक भौतिक सबै तयारी गरेर अगाडि बढ्न पर्ने देखिन्छ । संघीय सरकारले नियन्त्रण गर्न अगाडि आउला भन्ने आश गरेका छौं ।

स्थानीय तहको कोरोना नियन्त्रण प्रयासमा संघीय सरकारको अवरोध भयो : मेयर श्रेष्ठ 5

सरकार उपत्यकामा कोरोना नियन्त्रण गर्न चुकेको हो ?
कोरोना निपयन्त्रण गर्न संघीय सरकारको केही मन्त्रालयहरु चुकेको हो भन्ने चाहिँ हामीलाई पनि लागेको छ । हामीले पहिले पनि आग्रह गरेका थियौं । निर्णयहरु पठाएका थियौं । तर त्यो कुरालाई त्यति वास्था गरेन ।
हामीले मध्यपुर थिमीमा ११ बजेबाट १ बजेसम्म पसल खोल्ने निर्णय ग¥यौं । त्यसमा पनि गृह मन्त्रालयबाट सहयोग भएन । गृह सचिव लेभलबाट फोन आयो । कुन अधिकार प्रयोग गर्नु भयो भनेर सोध्यो । कानुनको अधिकार र मानव अधिकारको कुरा उठायो । धेरै दुःख लाग्यो । मन्त्रालयले गर्नु पर्ने कामहरु स्थानीय तहहरुले आफैँ अग्रसर भएर गर्दा पनि कानुनको धाराहरु खोजेर अल्झाउने स्थिती छ ।
यो बेला त कानुनको दफा र मानव अधिकारको कुरा बताउने बेला हैन । यो बेला त महामारीबाट कसरी बचाउने भन्ने हो । समयमा निर्णय गर्न र भएको निर्णयहरु कार्यन्वायन गर्न सरकार चुकेको छ ।

स्थानीय तहको कोरोना नियन्त्रण प्रयासमा संघीय सरकारको अवरोध भयो : मेयर श्रेष्ठ 6

महामारी नियन्त्रणमा सरकार असफल भएको हो ?
त्यसरी त भन्न मिल्दैन । संघीय सरकारले पनि सकेको कोशिस त भएकै छन् । तर त्यसको राम्रो कार्यन्वय भएको देखिँदैन । हामीले उपत्यकाको नाकाहरु टाइट गर्नुपर्छ भनेको डेढ महिना भन्दा पहिले हो । राति राति आउने, अनावश्यक पास वितरण गर्ने काम भयो । त्यसले कोरोना नियन्त्रणमा ठूलै समस्या ल्यायो ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..