सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने

काठमाडौं । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुरु गर्ने भएको छ । हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्डसमेत बनाएको छ ।

अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयम्ले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूतावासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एकजना मन्त्रीले जानकारी दिनुभयो ।

यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर उडान सुरु हुनेछ । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो । मन्त्रीपरिषद्को निर्णयसँगै उद्धार उडान आज देखि सुरु हुनेछ ।

त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको छ । होटल खर्च व्यक्ति आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..