चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड १९ प्रयोगशालामा हिजो गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् ।

भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै, राप्ती नगरपालिकाका वडा नम्बर २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।
सङ्क्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् ।

यसैगरी, सङ्क्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..