आज देशका अधिकांस भागमा पानी पर्ने

काठमाडौं । आज आंशिकदेखि सामान्य मौसम बदली भई देशका अधिकांस भागमा पानी पर्ने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशमा आज अरु ठाउँको तुलनामा बढी वर्षा हुनेछ । केही स्थानहरूमा अहिले पनि पानी परिरहेको छ ।

भारी वर्षाको सम्भावना देखिएका प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका खोलाहरुमा पानीको बहाव बढ्नेमहाशाखाले भनेको छ ।

पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन भन्दै सचेत रहन महाशाखाले अपील गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..