हुम्लाको पिसिआर रिर्पोट आउन अझै पाँच दिन लाग्ने

कोरोना भाइरस

हुम्ला । जिल्लामा कोरोनाको अवस्था बूझ्न गरिएको आरटी पिसिआरको रिर्पोट आउन अँझै पाँच दिन लाने भएको छ ।

लामो समय कोरोना परिक्षण नभएकाले जिल्लामा कोरोना सङ्क्रमणको चुनौती थपिएको भन्दै जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकको निर्णय अनुसार संकलन गरिएका स्वाबको परिक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्राथमिकतामा नपरेपछि रिर्पोट आउन थप पाँच दिन लाग्ने भएको हो ।

जिल्लामा हवाई तथा स्थलगत मार्ग हुँदैै आउने यात्रुहरुको स्वास्थ्य परिक्षण पनि नभएको र क्वारेन्टिनमा समेत नबसेका कारण कोरोना सङ्क्रमणको चुनौती बढेको भन्दै नमुना परिक्षणका लागिो भदौ १ गते जिल्लाका विभिन्न एक सय २८ जनाको स्वाब संकलन गरिएको थियो ।

जिल्लामा स्वाब परिक्षणको व्यवस्था नभएपछि हवाई जहाज मार्फत भदौ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उक्त स्वावको परिक्षण गर्ने कार्यमा हुम्लाले प्राथमिकता नपाएपछि रिर्पोट आउन थप पाँच दिन लाग्ने भएको हो ।

‘हुम्ला कोरोना सङ्क्रमणको जोखिममा नरहेको जिल्ला भएकाले पनि स्बाव परिक्षणका लागि प्राथमिकतामा नपरेको हो’ प्रदेश अस्पताललाई उदृत गर्दै जिल्ला अस्पताल हुम्लाका डा. टसी अञ्जुक लामाले भन्नुभयो ।

सरकारले देशभर लकडाउन खुला गरेसँगै एउटा पनि क्वारेन्टिन नभएको र सिमकोट विमानस्थलदेखि जिल्लाका सिमानामा सामान्यखालको स्वास्थ्य परिक्षण समेत नहुने भएकाले कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै परिक्षण गरेर आवश्यक कोरोना व्यवस्थापनको नीति अख्तियार गर्न एक सय २८ जनाको स्वाब संकलन गरिएको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..