कोरोना संक्रमित काठमाडौं र वीरगन्जमा थप १/१ जनाको मृत्यु

भदौ ५,  काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।

त्यस्तै कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..