नुवाकोटको सिडियो भन्छन्, हाकिम भनिने व्यक्ति सात ढोकाभित्र रहन्छ भन्ने भाव जनतामा कहिल्यै पर्न दिनु हुँदैन

काठमाडौं । नुवाकोटको प्रमुख जिल्ला अधिकारी झङ्क ढकालले हाकिम भनिने व्यक्ति सात ढोका भित्र रहन्छ, भन्ने भाव जनतामा रहेको बताएका छन् । निजामति कर्मचारीहरुले अहोरात्र खटिएर काम गर्दा पनि जनताको माजमा राम्रो छाप पार्न नसकेका बताएका छन् । उनले कर्मचारीतन्त्र र पद्धति प्रति भएको नकारात्मक धारण कर्मचारीहरको चुनैति रहेको बताएका छन् ।
आफुले अपहले सम्म निजामति सेवामा रहेर काम गरेको अनुभव सेयर गर्दै उनले यस्तो बताएको हो । उनले अब निजामति कर्मचारी यस्तो खालको नकारात्म धारणलाई परिवर्तन गर्ने पर्ने धारण राखेका छन् । उनले कसरी गर्न सकिन्छ भनेर आपफ्नो विचार पनि राखेका छन् ।

सिडियो झम्क ढकालको सुझावमा कर्मचारीतन्त्र र पद्धतिप्रति रहेको नकारात्मक धारणा बदल्न राष्ट्रसेवक कर्मचारीले गर्नु पर्ने कार्य र व्यवहार

कर्मचारीतन्त्र र पद्धतिप्रति बनेको नकारात्मक धारणामा परिवर्तन गर्नु कर्मचारीतन्त्र सामू रहेको प्रमुख चुनौती हो । अहिले कर्मचारीतन्त्र र पद्धति यी दुई यस्ता शब्द बनेकी जसलाई खराब कर्मचारीतन्त्र वा खराब पद्धति भनेर लेख्नु जरुरी भएन भनेर भन्न थालिएको छ । यी दुवै शब्दहरु आफैंमा नै नकारात्मक धारणाका लागि उपयोग हुन लागेका हुन् कि भन्ने देखिन्छ ।आखिर यो सबै कसरी भयो । जबकी अधिकांश कर्मचारी महेनती पनि छन् सेवा प्रवाह पनि गरिरहेकै छन् ।तर पूरै कर्मचारीतन्त्र र पद्धति प्रति नकारात्मक बुझाई बनेको छ ।निजामती सेवा प्रति हाकिमी प्रवृत्ति र पद र शक्तिको प्रभाव देखाउने भन्ने किसिमको आमधारणा बनेको छ । निजामती कर्मचारीले आम जनताको आफूप्रतिको यो छविलाई बदल्नु जरुरी छ ।यो छवि पक्कै पनि केही हदसम्म विगतको विरासत पनि हो । निजामती कर्मचारीको पहिचान कडा शक्तिसंग होइन नरम शक्तिसंग हुनुपर्छ ।किनभने नरम शक्ति सद्भावको भावना विकास गर्ने ठूलो माध्याम बन्न सक्छ ।कुनै पनि कार्यालयको प्रमुख अर्थात् हाकिम भनिने व्यक्ति सात ढोका भित्र रहन्छ भन्ने भाव जनतामा कहिल्यै पर्न दिनु हुँदैन । कर्मचारीसंग हरेक समस्याको बनिबनाउ समाधान संभव हुंदैन भन्ने कुरा जनसमुदायलाई राम्रोसंग थाहा छ । सेवाग्राह्री जनसमुदायले केवल उनीहरुको गुनासोको सुनुवाई र उनीहरुप्रति सम्मानपूर्ण व्यवहार चाहन्छन् ।उनीहरुको कुरा सही ठाउँमा पुगोस् यत्ति कुराबाट पनि कहिलेकाँही उनीहरु सन्तुष्ट हुन्छन् । अतः हरेक निकायमा जनताका गुनासाहरु सहज रुपमा सुन्ने सयन्त्र निर्माण गरौं ।
हरेक राष्ट्रसेवक कर्मचारीहरुले मन मष्तिष्कमा आज म जे छु यो मलाई मेरो देशले दिएको हो, मेरो समाजले दिएको हो ।यो देशका करिब तीन करोड नेपालीले दिएको हो ।यो देश मेरो हो यो देशका जनता मेरा हुन् ।यो सेवामा प्रवेश गरेपश्चात् जुन सुविधा सम्मान मलाई मिलेको छ यसमा गरिबको नेपालीको पसिनाको गन्ध छ भनेर सोच्नु पर्छ । हामी राष्ट्रसेवकहरु देशका सबै जनसमुदाय र खासगरी गरिब र सीमान्तीकृत जनसमुदाय प्रति ऋणी छौं ।उनीहरुको ऋण चुकाउने उपाय भनेको जनसमुदायको जीवन सहज बनाउँ जुन उनीहरुको हक अधिकार पनि हो ।त्यसका लागि इमान्दारीतापूर्वक प्रयास गरौं । पूरै प्रयासका साथ महेनत गरौं । कर्मचारी र पद्धतिप्रति बनेको नकारात्मक धारणामा परिवर्तन गर्नु कर्मचारीतन्त्र सामू रहेको प्रमुख चुनौती हो । अहिले कर्मचारीतन्त्र र पद्धति यी दुई यस्ता शब्द बनेकी जसलाई खराब कर्मचारीतन्त्र वा खराब पद्धति भनेर लेख्नु जरुरी भएन भनेर भन्न थालियो । यी दुवै शब्दहरु आफैंमा नै नकारात्मक धारणाका लागि उपयोग हुन लागेका हुन् कि भन्ने देखिन्छ ।आखिर यो सबै कसरी भयो ।जबकी अधिकांश कर्मचारी महेनती पनि छन् सेवा प्रवाह पनि गरिरहेकै छन् ।तर पूरै कर्मचारीतन्त्र र पद्धति प्रति नकारात्मक बुझाई बनेको छ ।निजामती सेवा प्रति हाकिमी प्रवृत्ति, चुरीफुरी देखाउने पद र शक्तिको प्रभाव देखाउने भन्ने किसिमको आमधारणा बनेको छ । निजामती कर्मचारीले आम जनताको आफूप्रतिको यो छविलाई बदल्नु जरुरी छ ।यो छवि पक्कै पनि केही हदसम्म विगतको विरासत पनि हो । निजामती कर्मचारीको पहिचान कडा शक्तिसंग होइन नरम शक्तिसंग हुनुपर्छ ।किनभने नरम शक्ति सद्भावको भावना विकास गर्ने ठूलो माध्याम बन्न सक्छ ।कुनै पनि कार्यालयको प्रमुख अर्थात् हाकिम भनिने व्यक्ति सात ढोका भित्र रहन्छ भन्ने भाव जनतामा कहिल्यै पर्न दिनु हुँदैन ।कर्मचारीसंग हरेक समस्याको बनिबनाउ समाधान संभव हुंदैन भन्ने कुरा जनसमुदायलाई राम्रोसंग थाहा छ । सेवाग्राह्री जनसमुदायले केवल उनीहरुको गुनासोको सुनुवाई र उनीहरुप्रति सम्मानपूर्ण व्यवहार चाहन्छन् ।उनीहरुको कुरा सही ठाउँमा पुगोस् यत्ति कुराबाट पनि कहिलेकाँही उनीहरु सन्तुष्ट हुन्छन् ।
निजामती कर्मचारीले जनसमुदायबाट पृष्ठपोषण प्राप्त गर्ने दायरालाई विस्तार गरी फराकिलो बनाउनु पर्छ । हामीले लिएको नीति र गर्ने निर्णयलाई लिएर जे पृष्ठपोषण आउँछन् तिनलाई निष्पक्ष भै इमान्दारीपूर्वक मूल्याँकन र लेखाजोखा गर्नुपर्छ ।हाम्रो आँखा र कानलाई राम्रो लाग्ने कुरा मात्र सुन्ने र देख्ने होइन । हामी हाम्रो कार्यसम्पादनको सिलसिलामा कोठामा सीमित हुनुहुंदैन । कोठामा मात्र बस्दा घेरा सीमित हुन्छ ।कोठामै मात्र बस्नाले सामान्य समस्याको बारेमा समेत सही र यथार्थ जानकारी हुंदैन । हामी सुविधाजनक क्षेत्रबाट बाहिर निस्कनै पर्छ । जनसमुदायसंग जोडिनु पर्छ । यसबाट सही नीतिगत निर्णयमा मद्धत पुग्दछ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..