नेपालमा चार महिनामा चट्याङ लागेर ५२ जनाको मृत्यु

काठमाडौं । नेपालमा चट्याङ लागेर मात्र चार महिनाको अवधिमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ ।

वैशाखयता हिजोसम्ममा चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार वैशाख १ गतेदेखि भदौ ४ गते साँझसम्मको तथ्याङ्कअनुसार दुई सय १७ जना चट्याङबाट प्रभावित भएका छन् ।

गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्यु भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाको मृत्यु भएको छ ।

वैशाखयता पहिरोबाट मात्र मृत्यु हुनेको सङ्ख्या दुई सय २३ पुगेको छ । यस्तै पहिरोमा परेर १ सय ८५ जना घाइते भएका छन् ।

यसै अवधिमा बाढीका कारण १४ जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..