गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट

गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 1

काठमाडौं । सरकारले विदेशबाट चार्टर उडानमार्फत स्वदेश ल्याउन लागेका नेपालीहरुलाई राख्नका लागि क्वारन्टिन होटलहरुको सूची सार्वजनिक गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) ले भाद्र ४ गते सार्वजनिक गरेको सूचीमा तारे होटलदेखि पर्यटकस्तर र साना तथा मझौला होटलहरुसमेत सूचीकृत भएका छन् । जसमा गौशाला एयरपोर्ट क्षेत्रका क्वारन्टिन मापदण्ड पूरा गरेका अधिकाँश पर्यटकस्तरीय होटलहरु रहेका छन् ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 2
होटलहरुको उक्त सूचीमा क्वारन्टिनमा बस्नेका लागि खानासहितको दर रेटसमेत उल्लेख गरिएको छ। त्यस क्षेत्रका तारे होटलको सेवा सुविधा दिने होटलहरुले समेत पर्यटकस्तरीय दर रेटमा होटल दिन तयार भएको होटल व्यवसायी महासंघ नेपाल, बागमती प्रदेशका महासचिव दामोदर नेपालले बताए ।

सरकारले यसअघि क्वारन्टिनका लागि सार्वजनिक गरेका होटलहरु पर्यटकस्तर तथा त्यसभन्दामाथिका तारे होटलहरु रहेकाले विदेशबाट अलपत्र परेर स्वदेश आउने नेपालीहरुका लागि बाध्यात्मक रुपमा महँगा होटलहरुमा बस्न बाध्य पारिएको भन्ने गुनासो सर्वत्र बढेपछि पछिल्लो पटक सरकारले तारे होटलका साथै पर्यटकस्तर र साना तथा मझौला होटलहरुलाई समेत सूचीकृत गरी नामावली सार्वजनिक गरेको हो ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 3
हाल सूचिकृत भएका होटलहरुमा अत्यन्त न्यून शुल्कमा बिहानको ब्रेकफाष्ट, लञ्च, खाजा र डिनरसहितको प्याकेज सार्वजनिक गरिएको महासचिव नेपालले बताएका छन् । उनकाअनुसार सरकारले तोकेको क्वारन्टिन मापदण्ड पूरा गरेका होटल व्यवसायी महासंघ अन्तर्गतका तारे तथा बुटिक होटल, पर्यटकस्तरीय होटल र साना तथा मझौला होटलहरुमा अत्यन्त न्यून शुल्कमा खाने बस्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत दिनको चार पटकको खानासहित १५०० देखिमाथि स्तरअनुसारका होटलहरुमा बस्न सकिनेछ ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 4
महासचिव नेपालले भने–हामीले विदेशमा समस्यामा परेर स्वदेश आउन लागेका नेपाली नागरिकहरुलाई सहयोग पुगोस् भनेर नै यो मेनुसहितको दररेट कायम गरेका हौँ । अहिले कोरोनाका कारण विश्व आक्रान्त छ, यो बेला भनेको व्यापार व्यवसाय गर्ने बेला होइन, बरु एकअर्कालाई सक्दो सहयोग गर्ने बेला हो । त्यसैले हामीले सामान्य अवस्थामा कोठाको मात्र २००० सम्म लिने गरेका होटलहरुमा समेत चार पटकको खानासहित १८००। मा एक जना र १५००। का दरले दुई जना राख्ने दर कायम गरेका हौँ ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 5
कोभिड १९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थिति र त्यसबाट बच्नका लागि नेपाललगायत विश्वका अधिकाँश देशहरुले लकडाउन जारी गरेका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई सरकारले चार्टर उडानमार्फत स्वदेश ल्याउने निर्णय गरेसँगै गत जेष्ठ र आषाढ महिनामा केही नेपालीहरुलाई स्वदेश ल्याएको थियो भने बीचमा स्थगित गरेर अहिले पुनः उद्धार उडानहरु सूचारु गर्न लागेको हो ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 6
सरकारले विदेशबाट आउने नेपालीहरुलाई अनिवार्य रुपमा होटल क्वारन्टिनमा बस्नैपर्ने बाध्यात्मक निर्णय गरेको र क्वारन्टिानका लागि होटलहरु उपयुक्त हुने भन्दै होटलहरुको नामावलीसमेत सार्वजनिक गरेको बताएको छ ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 7
विदेशबाट आउने नेपालीहरुका लागि होटल व्यवसायी महासंघ र होटल व्यवसायी संघमा आवद्ध क्वारन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा दिने भएका छन् । त्यसका लागि क्वारन्टिनका लागि स्वीकृत होटलहरुले सरकारी मापदण्ड पूरा गरिसकेको होटल व्यवसायी महासंघले बताएको छ ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 8
सरकारले गरेको निर्णय अनुसार स्वदेश आउने नेपाली नागरिकहरुलाई क्वारन्टिनमा राख्नका लागि होटलको सूची र मूल्य सार्वजनिक स्वीकृत सरकारी प्रक्रियाअनुसार त्यसरी आउने नेपाली नागरिकले न्यूनतम सात रात होटलमा अनिवार्य रुपमा बस्नुपर्ने र पीसीआर परीक्षणबाट संक्रमण नभएको पुष्टि भएपछि मात्र होटल छाड्न पाउनेछन् । त्यसैगरी उनीहरुलाई अनिवार्य रुपमा सरकारले स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानपिन होटलबाटै उपलब्ध गराउनुपर्ने जस्ता व्यवस्था गरिएको महासंघले जनाएको छ ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 9
सरकारले सार्वजनिक गरेको होटलहरुको सूचिमा कायम दर रेट अनुसार स्टार तथा बुटिक होटलमा एक जनाको ३५००। र दुई जना साझेदारीमा बसेमा जनही २०००। पर्यटकस्तरको होटलमा एक जनाको २५००। र दुई जना साझेदारीमा बसेमा जनही १७५०।, त्यसैगरी साना तथा मझौला होटलमा एक जनाको १८००। र दुई जना साझेदारीमा बसे जनही १५००। कायम गरिएको छ जसमा दैनिक चार पटक खाना तथा नास्ताको व्यवस्था समेत समावेश गरिएको बताइएको छ ।
गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 10

गौशाला एयरपोर्ट क्षेत्रका होटलहरु क्वारन्टिनका लागि स्वीकृत, यस्तो छ सूची र दररेट 2

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..