नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन, पार्टी कार्यकारी अध्यक्षको व्याख्यासहित सुझाव

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन, पार्टी कार्यकारी अध्यक्षको व्याख्यासहित सुझाव 1

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले गठन गरेको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले १ साता लगाएर तयार गरेको प्रतिवेदन बुझेका छन् ।

ओेलीका प्रेस संयोजक सूर्य थापाका अनुसार अध्यक्षद्वय अ‍ोली(प्रचण्डले कार्यदलले बनाएको प्रतिवेदन बुझेका छन् ।

शनिबार झण्डै ८ घण्टा बैठक बसेर अन्तिम रूप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै अध्यक्षद्वय ओली र प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो ।

गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरू डा.भीम रावल, जनार्दन शर्मा ‘प्रभाकर’, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भुसाल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलका एक सदस्यका अनुसार स्थायी कमिटीको बैठकलाई नियमित एजेण्डामा लैजाने, प्रधानमन्त्रीको राजीनामा बैठकको एजेण्डा नबनाउने, सैद्धान्तिक तथा विवादका अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने र चैतमा महाधिवेशन गर्नेगरी सुझाव दिइएको छ । त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेरमात्रै गर्नेलगायतका कुरा पनि समेटिएको छ ।

त्यस्तै सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डमा हुने प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारको मन्त्रिमण्डल र आवश्यकता अनुसार प्रदेश सरकार हेरफेर गर्ने, कोरोनाको संक्रमण कम भएपछि केन्द्रीय कमिटी बैठक बोलाउने लगाएतका विषयमा प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले जानकारी दिए ।

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी गरिएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..