सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 1

जनताको माझमा रहेर जनताको भावना र चाहनाअनुसार आफ्नो कलात्मक प्रस्तुति दिने कलाकारहरु कोरोना भाइसरको विषम परिस्थितीमा उनीहरुको अवस्था के छ ? उनीहरु के गरिरहेका छन् । कसरी बाँचिरहेका छन् । यीनै प्रश्नहरुमा चर्चित वरिष्ठ हास्यकलाकार मनोज गजुरेलसँग राजमार्ग डटकमका लागि गरिएको कुराकानीको सम्पादित अंश :

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 2

अहिलेको यो विषम परिस्थितिमा के गर्दै हुनुहुन्छ ?
अहिलेको अवस्थामा घरमा बस्ने बाहेक केही छैन । बीचमा लकडाउन खुकुलो भएको बेलामा केही काम गरियो । थप केही काम गर्ने तयारी थियो । अहिले फेरी निषेधाज्ञा भएपछि सचेत हुँदै घरमा बसिरहेको छु ।

यो अवस्थामा कलाकारहरु कसरी बाँचिरहेका छन् ?
बाँच्ने भन्ने कुरा त आम नेपाली तथा विश्वका मानिस पनि बाँचिरहेको छन् । त्यसलाई फरक रुपमा हेर्न भएन । यो समस्याले सबै तह र तप्काका मानिसलाई असर गरिरहेको छ । कलकार मात्र कसरी बाँचिरहेको छ भन्ने भन्दा हामी नेपाली र नागरिक कसरी बाँचिरहेको छन्, भन्ने कुरालाई ध्यान दिनु पर्दछ । जहाँसम्म कलाकारहरुको कुरा छ । अब यो बर्ष त कुनै पनि कार्यक्रम छ कि छैन भन्दा पनि कसरी बाच्ने ? कसरी टिकिने ? भन्ने तिर होला सायद ।

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 3

जटिल परिस्थितीमा नयाँ प्रविधिसँग कलाकार व्यवस्थापन हुँदै जान खोजिरहेको छन् ? चुनैतिहरु के के छन् ?
कलाकारीता भनेको मुख्य कुरा चाहिँ कलाकर्मीहरु समाजमा गएर समाजका मानिसहरुसँग रहेर जनताको भावनाहरु सुन्ने र आफ्नो कला राख्ने माध्यम हो । प्रत्यक्ष रुपमा मञ्चमा गएर, महोत्सवहरुमा गएर, सांस्कृतिक कार्यक्रमहरुमा गएर आफ्नो कला राखेर जनाताको कुरा सुन्ने अवस्था छैन । केही बर्ष हामीले भौतिक दुरी कायम गरेर काम गर्नु पर्ने अवस्था देखिएको हुनाले प्रविधि मार्फत नै आफ्नो कलाहरु लानुपर्छ भनेर हामी कलाकर्मीहरु त्यतातिर उन्मुख छौं, त्यतातिर लागि रहेका छौं ।
चुनौति कलाकारको मात्र हैन । अरुको पनि छ । दिनभरी काम गरेर खानेहरुको अवस्था के छ ? उनका भन्दा दुःख विदेशमा गएका आफन्तहरु जो उहाँको कमाइले यहाँको जिवन निर्वाह गर्नु पर्नेछ । तिनको अवस्था के छ ? यी सबै चिजलाई समग्रमा जोडेर हेरिनु पर्दछ । कलाकार मात्रलाई हेरेर कुरा गर्दा हामी कलाकार आम मानिस भन्दा भिन्न हो भन्ने म्यासेज जान सक्छ । त्यसकारण आम मानिसको जस्तै हाम्रो पनि समस्या उस्तै उस्तै छन् । चुनौति पनि उस्तै उस्तै छन् ।

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 4

कलाकार र जनतालाई जोड्नको लागि प्रविधिको प्रयोग भएको छ ? त्यसमा चुनौति के छ ?

मुख्य चुनौति भनेको हामी नेपाली प्रविधिको पहुँचमा कति छ ? त्यो पनि एउटा विश्लेषणको पाटो हो । नेपालको झण्डै आधा जनसंख्या इन्टरनेटबाट छुटेको छ । उहाँहरुसँग जान नपाउनु एउटा चुनौति हो । दोस्रो चुनौति भनेको हिजो हामीले हसाइ रहेका थियौं । अब हाँसो र मनोरञ्जन मात्र हैन । मान्छेलाई यो बेला उत्प्रेरणा, हौसाला, आत्माविश्वास बढाउने आफ्ना प्रस्तुति पनि दिनु पर्दछ । यो कुरा चुनौति भन्दा दायित्व तिर जान्छ । अर्को कुरा भनेको दर्शकसँग मञ्चमा प्रत्यक्ष प्रस्तुति गरेर जिविकोपार्जन भइरहेको थियो । प्रविधिबाट देखिए जस्तो सहज हिसावले आउँदैन । जुम भन्नुस, गुगल मिट भन्नुस यहाँबाट आर्थिक रुपमा कलाकारहरु व्यवसायिक भएका छैनन् । यी चुनौति नै छ । र विस्तारै विस्तारै हामी पनि प्रविधिमा जोडिएर काम गर्दै गर्दा सानो तिनो व्यवसायीको रुपमा दर्शकले पनि हेर्नु पर्छ जस्तो लाग्छ ।

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 5

महामारीसँग जुध्दै र नयाँ प्रविधिसँग व्यवस्थापन हुँदै गरेको अवस्थामा कलाकारहरुलाई सरकारको कतिको साथ रहेको छ ?
सरकारलाई त हामीले साथ दिनुपर्ने स्थिती छ । त्यसै पनि नृह छ । उहाँहरु आन्तरिक किचलोमा हुनुहुन्छ । उहाँहरुलाई नै साथ दिनु पर्ने अवस्थामा हुनुहुन्छ । उनीहरुले हामीलाई साथ दिने अवस्था छैन । आम नागरिकको समस्याको बारेमा, भोकमरिले भौतारि रहेको नागरिको बारेमा त ध्यान दिन सकेको छैन, भने सरकारले कलाकारलाई प्रविधिलाई सघाउने भन्ने कुरा निकै परको कुरा हो ।
सरकारले हामीलाई सहयोग गरेन भनेर चित्त दुखाउने ठाउँ पनि छैन । सरकारले जनताले दिएको म्याण्डेटलाई ध्यानमा राखेर एकदमै अतिआवश्यक कुराहरु वास, गाँस र कपासको बिषयमा चिन्तित भइदिए पुग्थ्यो । सरकारले सोचे जति ध्यान दिएको छैन ।

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 6

अहिले रेकर्डेट र भर्चुअल कार्यक्रम तिर कलाकार व्यस्त देखिएको छ ? प्रविधिको प्रयोग र नयाँ खालको कार्यक्रमले कलाकारीता र कालाकार बाँच्न सक्छन् ?
यो समय भनेको पैसा कमाउने, चर्चित हुने भन्दा पनि एकले अर्को सहयोग गरेर बाँच्ने बेला हो । हिजो हामी कलाकारले जुन खालको आर्थिक आय आर्जन गर्ने गर्दथ्यौं । अहिले त्यही खालको अपेक्षा ग¥यौं भने त्यो सम्भव छैन । तर सामान्य जिविकोपार्जन, आमनेपालीहरु तथा आम विश्वबासिकै अवस्थामा कम्तीमा वास, गाँस, कपासको व्यवस्था हुन परो यो कोभिडको त्रास र आतंक नहटुन्जेल भनेर त्यो लेभलको मात्र अपेक्षा गर्ने हो भने केही समय त अप्ठेरो पर्छ । तर मलाई विस्तारै प्रविधिले पनि दाल भात तरकारी छुट्याउँछ भन्ने लाग्छ ।

माहामारीको अन्त्य पछि पनि कालाकारीता र कलाकार प्रविधिको प्रयोग गरेर बाँच्न सक्छन् ?

हामीले त्यो अपेक्षा राख्नै हुन्न । मैले अघि पनि भनीसके की हामी अबको केही समय एक अर्कालाइ सहयोग गरेर बाँच्ने बेला हो । व्यवसायीले मजदुरलाई, हाकिमले अन्य कर्मचारीलाई लगायत अन्य क्षेत्रमा रहेकाहरुले त्यसरी नै सहयोग गर्दै बाँच्नु पर्दछ । नाफा र घाटा हेरेर मात्र बाँच्ने बेला हैन । प्रविधिसँग जाँदै गर्दा हामीले केही समयको लागि जिविकोपार्जन मात्रको अपेक्षा राख्यौं भने त्यो सम्भव छ । तर प्रविधिसँग नजिक हुन जरुरी छ । अहिलेको इन्टरनेटको पुस्तालाई सम्बोधन हुने खालको कार्यक्रम ल्याउन आवश्यक छ, त्यो चल्छ । हामीले हिजोको जुन अवस्था थियो । खानपान रहनसहन त्यही मात्र रहेर ल्यायौं भने हामीलाई व्यवसायीक हुन पनि दिँदैन र चल्दैन । प्रविधिसँग जोडिएर गरिने प्रस्तुतिहरुलाई त्यही शैलीको गर्न सक्यौं भने हामीलाई एडजस्ट हुन समय लाग्ला तर प्रविधिसँग सँगै अगाडि बढ्न सक्छौं ।

हिजो कै शैलीको कलाकारीता बिक्दैन । केवल नेताहरुलाई मात्र उठाएर, जोक मात्र सुनाए यस्तो खालको प्रस्तुतित मेरो विचारमा अब विस्तारै विस्तारै छानिन्छ नै । कलाकारीताको प्रभाव भन्दा पनि यो समय अनुसारको कलाकारीता नभयो भने चाहिँ यस्तो हुन्छ ।

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 7

हिजो जसरी कलाकारहरुले कलात्मक ढंगले कलाको प्रयोग गरेर विसंगति, व्यतिथी, भ्रष्टाचारको विरोध गर्दा ठुलो प्रभाव पर्दथ्यो, अहिले त्यसको खास प्रभाव देखिँदैन ? कलाकारीताको प्रभाव कम भएको हो ?
अब ठ्याक्कै मानिसहरुको मनोदशा फरक छ । हिजो मानिसहरु आनन्द लिन, रमाइलो गर्न चाहान्थ्यो । आज इन्जोइ गरेर भोलिको शान्तिको लागि तयार हुन्थ्यो । अहिलेको अवस्थामा दर्शकको मनोदशा नै तरल छ । अहिले के होला ? भरै के होला । को कतिखेर बिरामी पर्ला भन्ने हिसाबको मानसिक त्रास छ । उनीहरुलाई हिजो कै शैलीको कलाकारीता बिक्दैन । केवल नेताहरुलाई मात्र उठाएर, जोक मात्र सुनाए यस्तो खालको प्रस्तुतित मेरो विचारमा अब विस्तारै विस्तारै छानिन्छ नै । कलाकारीताको प्रभाव भन्दा पनि यो समय अनुसारको कलाकारीता नभयो भने चाहिँ यस्तो हुन्छ ।
हौशला दिने, उत्प्रेरणा दिने, सुचना दिने इन्फोटेन्मेन्ट (सुचना सहितको) कलाकारीता भयो भने राम्रो चल्छ, बलियो भएर जान्छ । तर हामीले पुरानै शैली, पुरानै तरीका मार्फत् ग¥यौं भने त्यसले खासै प्रभाव राख्दैन ।

कलाकारहरुले, पत्रकारहरुले अनियमितता, भ्रष्ट्राचारको कुराहरु जति बाहिर ल्यायो । त्यति बढी गरिरहेको देखिन्छ ? तपाईलाई यसको कारण चाँहि के जस्तो लाग्छ ?
मलाई चाहिँ त्यस्तो किन लाग्दैन भने अहिले हामी नागरिक पत्रकारीता जे भन्छौं । फेसबुक, ट्वाइटर तथा सामाजिक सञ्जाल मार्फत् स्वातन्त्र अभियन्तनाहरुले गरेको निरन्तर दबाबले गर्दा खेरी खुलाम खुल्ला देखिने गरी खाने र खुवाउने क्रम घटेको छ जस्तो लाग्छ । अर्को कुरा खाइहाल्यो भने पनि डराउने, लज्जाउने र फिर्ता गर्ने खालको विकास पनि भइरहेको छ । त्यसलाई पनि हेर्न पर्दछ । तर फेरी मान्छे ठुलो पोष्ट पुग्नु भने खानको लागि हो भन्ने चेतना भएकाले हामी सबै चुप लागेर बस्यौं भने खान थाली हाल्छन् । त्यसैले हामीले आफ्नो ठाउँबाट कराउने, खबरदारी गर्ने, नग्यांउने क्रम जारी रह्यो भने एकदिन मलाई लाग्छ, त्यो क्षेत्र पनि संग्लो हुन्छ ।

विभिन्न देश समृद्ध भएको पनि देखियो । अमेरिका संसारको सबभन्दा विकसित मुलुक, इरानसँग हातहतियार त्यति नै, भारत, चीनसँग आणविक हतियारको खानी छ । तर ती खरबौं खरब आणविक हतियारको अगाडि एउटा अदृश्य भाइरसले जसरी निशस्त्र बनाइदियो । कमजोर पारिदियो । नग्याइदियो । त्यसले गर्दा खेरी समृद्धि र खुसी भनेको ठुलाठुला भवन र चिल्ला बाटाघाटा मात्र हैन । त्यसैले सुरक्षित नेपाल स्वास्थ्य नेपालीको नारालाई अगाडि बढाउनु पर्दछ । त्यसपछि समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन लागौंला ।

सुरक्षीत नेपाल, स्वस्थ नेपाली बनाउन लागौं : मनोज गजुरेल 8

समृद्ध नेपाल, सुखी नेपाली को नारा यो सरकारले सार्थक बनाउन सक्छ ?
अहिले मेरो विचारमा समृद्ध नेपाल सुखि नेपाली भन्दा पनि सुरक्षित विश्वको स्वास्थ्य विश्वको नारालाई अगाडि बढाउनु पर्छ । किन भने अहिले संसारको कुनै पनि ठाउँमा केही भयो भने त्यसको प्रत्यक्ष असर हाम्रो देशलाई पनि पर्दछ । अन्य देशलाई पनि पर्दछ । एउटा देशमा भएको राजनीतिक, सामाजिक तथा प्राकृतिक विपत्तिले अर्को देशमा प्रत्यक्ष असर पार्दछ । त्यसले गर्दा हरेक देशले यही नारालाई लिएको हुन्छ । विभिन्न देश समृद्ध भएको पनि देखियो । अमेरिका संसारको सबभन्दा विकसित मुलुक, इरानसँग हातहतियार त्यति नै, भारत, चीनसँग आणविक हतियारको खानी छ । तर ती खरबौं खरब आणविक हतियारको अगाडि एउटा अदृश्य भाइरसले जसरी निशस्त्र बनाइदियो । कमजोर पारिदियो । नग्याइदियो । त्यसले गर्दा खेरी समृद्धि र खुसी भनेको ठुलाठुला भवन र चिल्ला बाटाघाटा मात्र हैन । त्यसैले सुरक्षित नेपाल स्वास्थ्य नेपालीको नारालाई अगाडि बढाउनु पर्दछ । त्यसपछि समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन लागौंला ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..