लिखु नदिमा अवैध उत्खनन् गरेको अभियोगमा ठेकेदार सुवेदी प्रहरीको नियन्त्रणमा

काठमाडौं । ओखलढुंगा र रामेछापको सीमानाको लिखु नदीमा डोजर हालेर अवैध उत्खनन् गर्दै आएका ठेकेदार राजन सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले नदीजन्य पदार्थ उत्खनन रोक लगाएको समयमा समेत डोजर प्रयोग गरि बालुवा चोरी निकासी गरिरहेकै अवस्थामा उनलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । सिंहदेवी निर्माण सेवाका प्रालिका सञ्चालक समेत रहेका सुवेदीले एक वर्षदेखि लिखु खोलबाट ओखलढुंगा र रामेछाप दुवैतर्फ उत्खनन तथा गिट्टी बालुवा निकासी गर्दै आएका छन् ।
उनी विरुद्ध लिखु गाउँपालिका र रामेछाप जिल्ला प्रशासन कार्यालयमा उजुरी परे पनि कारवाही नभएको नेकपा रामेछाप नगर कमिटि सचिवालय सदस्य सुन्दर घिमिरेले बताए । ठेकेदारले वडा र गाउँपालिकाले कर तिर्न आग्रह गरे पनि आफ्नो जग्गा नदि किनारसम्म फैलिएको भन्दै नदिभित्रै डोजर हालेर उत्खनन् गर्दै आएका छन् । ठेकेदार सुवेदीले बालुवा गिट्टी निकासी गरेको कर तिर्न समेत मानिरहेका छैन ।
ओखलढुङ्गाको लिखु गाउँपालिका २ नम्बर वडाले सुवेदिलाइ कर तिर्न आग्रह गर्दा उनले नमानेको अध्यक्ष रामहरि बुढाथोकीले बताउदै आएका छन् । नदिजन्य पदार्थ निकासीको कर तिर्न अनुरोध गर्दा वडालाई नटेरेपछि गाउँपालिकालाई जानकारी गराउँदा समेत सुवेदिले नटेरेको उनले बताए ।
सुवेदिले प्रयोग गरेको डोजरको चावि ओखलढुङ्गा प्रहरीले लिएको र उनलाइ लिखु गाउँपालिको रोहवरमा छाडिएको रानपा ३ को अध्यक्ष भुपाल श्रेष्ठले बताए । उनले ठेकेदार सुवेदिले साघुँटारमा पनि गुणस्तर हिन काम गर्दा रामेछाप नगरपालिकाले उन्मुक्ति दिएको बताए । अहिले सुवेदिलाइ गाउँपालिकामा हाजिर गराइएको छ ।
राजनीतिक पहुँचका आधारमा लिखु क्षेत्रमा प्राकृतिक स्रोतमाथि एकलौटी दोहन गर्दै आएका सुवेदी बिहीबार ओखलढुंगा प्रहरीले प्रक्राउ गरेको हो । उनी नेपाली काग्रेस ओखलढुङ्गाको जिल्ला कार्य समिति सदस्य पनि हुन् । उनी रामेछापको जिल्ला नेता पुर्ण बाहादुर तामाङ(कान्छाराम) र ओखलढुङ्गाको नेता रामहरी खतिवडाको विश्वास पात्र हुन् ।
लिखु–२ र रानपा–३ को सिमाना दत्रुङ्गे भन्ने ठाउँमा उत्खनन गरिरहेको समयमा प्रहरीले उत्खनन गरेकै स्थानबाट उनीसहितका कामदार, स्काभेटर, ट्रिफरसहित बालुवा नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाए पनि कुनै कार्वाही नगरी छाडेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार नेपाली काँग्रेसका नेता समेत रहेका सुवेदीले राजनीतिक पहुँचका आधारमा दुई वर्षदेखि लिखु किनाराका विभिन्न निर्माणका ठेक्का लिने र नदि दोहन गर्दै आएका छन् ।
त्यस्तै केही महिना अगाडि मात्र पनि लिखु नदिको डाँडाफेदि खण्डमा अवैध उत्खनन् गर्दा जिल्ला प्रशासन कार्यलय र रामेछापन नगरपालिकाले उत्खनन् गर्न रोकेको थियो । जिल्ला प्रशासन कार्यलयमा उनले इआइ नगरी र ठेक्का नलगाइ कन आफुले लिखु क्षेत्रमा बालुवा गिटी उत्खनन् नगर्ने सहमति समेत गरेको थियो ।
ठेकेदार सुवेदिले गरेको हरेका काम गुणस्तर हिन हुने गर्दछ । उनले गत आर्थिक बर्षमा रामेछाप नगरपालिकाको साँघुटार बजारमा गरिएको ढलानमा गिटि प्रयोग नगरि ढलान गरेको थियो ।
सरकारले असारदेखी भदौंसम्म अनुमति लिएर समेत नदीजन्य पदार्थ उत्खनन र निकासीमा गर्न नपाउने कानुनी व्यवस्था रहेको ओखलढुङ्गाका प्रजिअ कृष्ण पौडेलले जानकारी दिए । तर सिंहदेवी निर्माण सेवा प्रालिले नदिमा स्काभेटर लगाएर उत्खनन् गरेको उजुरी आए पछि प्रहरी पठाएर सञ्चालक राजन सुवेदि लगाए त्यहाँ प्रयोग भएको सबै मेनिस र निकालिएको बालुवा नियन्त्रणमा लिएको बताए । यसबारे आफुले अनुगमन समितिको बैंक बोलाउन माग गरेको र केही दिनमा बैंठक बसी कारवाही निर्णय हुने प्रजिअ पौडेलले बताए ।
उनले अन्य ठाउँमा पनि हुने भएकाले नदीजन्य पदार्थ उत्खनबारे जिल्लाभर अध्ययन गरेर कारवाही गरिने बताए । १ हजार २ सय घनमिटर बालुवा प्रहरीले नियन्त्रणमा लिइएका छ । उक्त बालुवा वडा कार्यालय र सरोकारवाला पक्ष राखेर मुचुल्का खडा गरेर गाउँपालिकामा पेश गरिने तयारी रहेको छ ।
त्यस्तै लिखुका अन्य स्थानमा पनि उत्खनन् र निकासी भइरहेको स्थानीयले बताए । लिखुका अधिकांश वडा नदिमा जोडिएकाले धेरै स्थानमा अबैध उत्खनन हुने र त्यहाँ जनप्रतिनिधिको संलग्नता रहेको स्थानीय बासिन्दाको आरोप छ । लिखुका वडा नं.३, ६ र ८ का नदिका किनारामा व्यापक उत्खनन र अवैध निकासी हुने गरेको छ । त्यहाँका वडा अध्यक्षहरुको समेत संलग्नता रहने गरेको स्थानीयको आरोप छ । त्यस्तै, मोलुङ, सुनकोसी, दुधकोसी नदिमा पनि बालुवा उत्खनन् भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..